“मीठे बच्चे – आपसमा अविनाशी ज्ञान रत्नहरूको लेन-देन गरेर एक अर्काको
पालना गर ,
ज्ञान रत्नहरूको दान ग र्दै जाऊ । ”
प्रश्न:– आफूले आफैंलाई अपार
खुशीमा राख्ने पुरुषार्थ के हो?
उत्तर:– खुशीमा रहनको लागि
विचार सागर मन्थन गर। आफूले आफैं सँग कुरा गर्न सिक। यदि कर्मभोग आउँछ भने खुशीमा
रहनको लागि चिन्तन गर–
यो त पुरानो जुत्ता हो, हामी त २१
जन्मको लागि निरोगी कायावाला बनिरहेका छौं, जन्म-जन्मान्तरको
लागि यो कर्मभोग समाप्त भइरहेको छ। कुनै पनि बिमारी छुट्दा, आपद हट्दा खुशी हुन्छ नि। यस्तो चिन्तन गरेर खुशीमा रहने
गर।
गीत:– माता ओ माता...
ओम् शान्ति ।
यो हो माताहरूको महिमा। वन्दे मातरम्! हे माताहरू, तिमीहरूले शिवबाबाको भण्डाराबाट सबैको पालना गर्छौ। कुन प्रकारको पालना? अविनाशी ज्ञान रत्नहरूको पालना गर्छौ अथवा ज्ञान अमृतको
कलषद्वारा तिम्रो पालना हुन्छ। तिमीलाई शिवबाबाको भण्डाराबाट अविनाशी ज्ञान
रत्नहरूको खजाना मिल्छ। वास्तवमा महिमा शिवबाबाको नै हो। उहाँ गर्ने-गराउनेवाला
हुनुहुन्छ। माता हुन् जगत अम्बा। अवश्य अरू पनि माताहरू हुनुपर्छ। त्यसैले यो महिमा
माताहरूको हो। माताहरूले हाम्रो धेरै राम्रो पालना गर्छन्। शिव बाबाको यज्ञमा जो
रहन्छन्,
उनीहरूको पनि पालना हुन्छ र अविनाशी ज्ञान रत्नहरूबाट पनि
माताहरूद्वारा पालना हुन्छ। धेरैजसो माताहरूको छन्। धेरै छन्, जहाँ भाइले पनि बहिनीहरूको पालना गर्छन्। दुवैले एक आपसमा
ज्ञान रत्नहरूको लेन-देन गर्दै एक अर्काको पालना गर्छन्। भाइले बहिनीको, बहिनीले भाइको धेरै रूहानी प्यार हुन्छ। यस दुनियाँमा त एक
अर्काको दुस्मन पनि हुन्छन्। एक अर्कालाई विकार नै दिन्छन्। यहाँ अविनाशी ज्ञान
रत्नहरूको खजाना दिन्छन्। तिमी हौ बहिनी-भाइ, ब्रह्माकुमार-कुमारी।
तिम्रो नाम पनि धेरै प्रसिद्ध छ। प्रजापिता ब्रह्माका अवश्य कुमार कुमारीहरू
हुनुपर्छ। यो बुद्धिद्वारा काम लिइन्छ। गीतमा माताहरूको महिमा छ। जगत अम्बा
सरस्वती भए पछि अवश्य अरू पनि बच्चाहरू, बच्चीहरू
हुनुपर्छ। मतलब परिवार हुन्छ। यो पनि बुझ्नु पर्ने कुरा हो नि। प्रजापिता लेखिएको
छ नि। ब्रह्मालाई भनिन्छ प्रजापिता। त्यसैले अवश्य कुनै समय ब्रह्माद्वारा प्रजा
रचिएको थियो। ब्रह्मा हुन् साकारी सृष्टिको पिता। गायन पनि छ– प्रजापिता ब्रह्माद्वारा ब्राह्मण कुलको रचना भयो। आदि
सनातन पहिला सुरुमा ब्राह्मण हुन्छन्। वास्तवमा आदि सनातन देवी-देवता धर्म भन्नु– यो गलत हो। त्यो त हो सत्ययुगको धर्म। यो आदि सनातन
ब्राह्मणहरूको धर्म जुन छ,
त्यो प्राय: लोप भएको छ। देवता धर्म भन्दा पनि पहिले यो
ब्राह्मण धर्म हुन्छ,
जसलाई चोटी भनिन्छ। यसलाई भनिन्छ संगमयुगी आदि सनातन ब्राह्मण
धर्म। कति राम्रो रहस्य छ,
बुझाउनको लागि।
बाबाले
सम्झाउनु भएको छ–
पहिले जब कुनै आउँछन्, उनलाई बाबाको
परिचय देऊ। यो हो मुख्य। ब्राह्मणहरूको त राजधानी छँदै छैन। लेखिन्छ– सत्ययुगी दैवी दुनियाँ स्वराज्य ईश्वरीय जन्म सिद्ध अधिकार
हो। देवी-देवता धर्म त वास्तवमा हुन्छ। तर उनीहरूको यो राजधानी कहिले र कसरी मिल्छ– त्यो पनि सम्झाउने पर्छ, त्यसैले
त्रिमूर्ति चित्र सामुन्ने अवश्य राख्नु छ। यसमा लेखिएको छ– स्वर्गको बादशाही जन्म सिद्ध अधिकार हो। को द्वारा? त्यो पनि लेख्नु पर्छ। यो बोर्ड बनाएर हरेकले आफ्नो घरमा लगाइदेऊ।
जस्तै सरकारको अफिसरको बोर्ड हुन्छ नि। कसैले मेडल लगाउँछन्। सबैको आ-आफ्नो निशानी
हुन्छ। तिम्रो पनि निशानी हुनुपर्छ। बाबाले डाइरेक्शन दिनुहुन्छ, व्यवहारमा ल्याउनु त बच्चाहरूको काम हो नि। त्यसैले कुनै
विहंग मार्गको सेवा होस्। यो मुख्य चीज हो। डक्टर, वकिल आदि सबैको घरमा बोर्ड लागेका हुन्छन् नि। तिम्रो पनि बोर्ड लागेको होस्– आएर बुझ्नुहोस् शिवबाबाले ब्रह्माद्वारा स्वर्गको बादशाही
कसरी दिनुहुन्छ! अनि मानिसहरू देखेर आश्चर्य खान्छन्। भित्र आउँछन् बुझ्नको लागि।
फ्लाटको बाहिर पनि लगाउन सक्छौ। जसको जो धन्दा हुन्छ, त्यो बोर्ड लगाउनुपर्छ। बच्चाहरूले केही गर्दैनन् भने सेवा
पनि हुँदैन। एक त मायाको आक्रमण हुन्छ। निश्चय छैन– हामी बाबाको पासमा जान्छौं। ८४ जन्मको पार्ट पूरा भयो फेरि नयाँ दुनियाँ
स्वर्गमा आएर वर्सा लिन्छौं। यो याद रहँदैन। बाबा भन्नुहुन्छ– ठीकै छ कर्म गर फेरि जति समय मिल्छ यसमा बाबालाई याद गर।
हामीले आवाज फैलाउँछन्–
यो सबैको अन्तिम जन्म हो। पुनर्जन्म मृत्युलोकमा फेरि
लिदैनौं। तिमीलाई थाहा छ–
मृत्युलोक अब समाप्त हुनु छ। पहिले निर्वाणधाम स्वीट होम
जानु छ। यसरी-यसरी आफू सँग कुरा गरिरहनु पर्छ, यसलाई विचार
सागर मन्थन भनिन्छ।
बाबा
भन्नुहुन्छ–
तिमी कर्मयोगी हौ। के तिमीलाई कछुवा जति पनि अक्कल छैन? उसले पनि शरीर निर्वाह अर्थ घाँस आदि खाएर
कर्मेन्द्रियहरूलाई समेटेर शान्तमा बस्छ। तिमी बच्चाहरू त बाबाको यादमा रहनु छ।
स्वदर्शन चक्र घुमाउनु छ। आफूलाई मास्टर बीजरूप सम्झनु छ। बीजमा वृक्षको सारा
ज्ञान हुन्छ–
यसको उत्पत्ति कसरी हुन्छ, पालना कसरी हुन्छ,
ड्रामाको ८४ को चक्र कसरी घुम्छ। ८४ को चक्रको लागि यो गोला
बनाइन्छ,
ताकि मनुष्यहरूलाई ८४ जन्मको ज्ञान आओस्। बाबाले सम्झाउनु
भएको छ–
तिमीले केवल ८४ जन्म लिन्छौ। जो आदि सनातन देवी-देवता
धर्मका छन् अर्थात् जो ब्राह्मणबाट देवता बन्छन्, उनीहरूको नै ८४ जन्म हुन्छन्। तिमीले ८४ जन्मलाई जानेका छौ। ब्रह्माको रात र
ब्रह्माको दिन भनिन्छ,
यसमा ८४ जन्म आउँछ। त्यसैले त्रिमूर्तिको बोर्ड बनाएर
लेख्नुपर्छ–
यो ईश्वरीय जन्म सिद्ध अधिकार हो। लिनु हुन्छ भने आएर
लिनुहोस्। अहिले नभए कहिल्यै हुँदैन। यस होवनहार महाभारत लडाई भन्दा पहिले
पुरुषार्थ गर्नु छ। यो बोर्ड बनाउन धेरै सहज छ। चाहे त्रिमूर्ति लगाऊ वा शिवको
लगाऊ। नाम परमपिता परमात्मा शिव त लगाइको हुन्छ। उहाँ हुनुहुन्छ गीताको भगवान्।
गीतामा छ नै राजयोगको कुरा। त्यसैले हामीले लेख्छौं– दैवी स्वराज्य ईश्वरीय जन्म सिद्ध अधिकार हो। यो हो शिवबाबा र यो प्रजापिता
ब्रह्मा,
यीद्वारा वर्सा मिल्छ। स्वर्गमा राजा-रानी बन्छन्। राम
(शिव)ले के दिनुहुन्छ,
रावणले के दिन्छ– यो तिमीलाई
थाहा छ। आधाकल्प हुन्छ राम राज्य, आधाकल्प हुन्छ रावण
राज्य। यस्तो होइन परमात्माले नै दु:ख दिनुहुन्छ, दु:ख दिने त रावण ५ विकार हुन्, जसले नै पतित
बनाउँछन्। सत्ययुग हो शिवालय। बच्चाहरूलाई भिन्न-भिन्न प्रकारको शिक्षा दिनहुँ
मिल्छ। त्यसैले खुशीमा रहनुपर्छ नि। तिमीलाई थाहा छ– शिवबाबाले पढाउनुहुन्छ। यस्तो होइन साकारलाई याद गर्नु छ। शिवबाबाले हामीलाई
ब्रह्माद्वारा सहज राजयोग सिकाउनु हुन्छ। शिवबाबा आउनुहुन्छ नै प्रजापिता
ब्रह्मामा। प्रजापिता ब्रह्मा अरू कसैलाई भन्न सकिँदैन। ब्राह्मण पनि अवश्य
चाहिन्छ। बाबा आएर सत्य बताउनु हुन्छ। गायन पनि गरिन्छ– सेकेन्डमा राज्य-भाग्य। बच्चाहरूले भन्छन्– हामी शिवबाबाका बच्चाहरू हौं। उहाँ हुनुहुन्छ नै स्वर्गको
रचयिता। अवश्य हामीलाई स्वर्गको राजाई दिनुहुन्छ, अरू के दिनुहुन्छ?
बाबा कस्तो अद्भुत हुनुहुन्छ! एक सेकेन्डमा जीवनमुक्ति
जनकलाई मिल्यो–
यो पनि गायन गरिएको छ। तिमीलाई थाहा छ– अहिले हामी शिवबाबाको बनेका छौं। शिवबाबालाई अवश्य याद
गर्नु छ। बाबाको गोद दिएका छौं, जसबाट स्वर्गको वर्सा
मिल्छ–
उहाँलाई र वर्सालाई याद गर्नु छ। जस्तै बच्चाहरूले धर्मको
गोद लिन्छन्,
पहिला म फलानोको बच्चा थिएँ, अहिले फलानोको हुँ। पहिलोबाट दिल हट्दै जान्छ र अर्को सँग जुट्दै जान्छ। यहाँ
पनि तिमीले भन्छौ–
हामी शिवबाबाका धर्मका बच्चाहरू हौं। फेरि लौकिक पितालाई
याद गरेर फाइदा नै के छ?
परमप्रिय बाबा, यति धेरै
सम्पत्ति दिनेवाला हुनुहुन्छ। पिताले नै मेहनत गरेर बच्चाहरूलाई लायक बनाउँछन्।
यस्तो बाबालाई तिमीले घरी-घरी बिर्सिन्छौ, अरू त
सबै तिमीलाई दु:ख दिनेवाला हुन्, फेरि पनि
उनीहरूलाई याद गर्छौ र म बाबालाई तिमीले बिर्सिन्छौ! ठीकै छ, आफ्नो घरमा बस तर बाबालाई याद गर। यसमा मेहनत चाहिन्छ, तब नै पाप विनाश हुन्छ। यो त सारा चिहान बन्नु छ। मेरो
बच्चा बन्यौ मतलब विश्वको मालिक बन्यौ। तिमीलाई थाहा छ– बाबाको बनेका छौं फेरि स्वर्गको मालिक हामी अवश्य बन्छौं।
खुशीको पारा चढ्नु पर्छ। यो पनि जानेका छौ– यो पुरानो
शरीर हो। कर्मभोग भोग्नु पर्छ। बाबा मम्माले पनि खुशीले कर्मभोग भोग्छन्। फेरि
भविष्य २१ जन्मको सुख कति धेरै छ। यो त पुरानो जुत्ता हो, अहिले कर्मभोग भोगिरहन्छौ फेरि २१ जन्मको लागि यसबाट
छुट्छौ। कुनै बिमारी निको भएमा खुशी हुन्छ। त्यस्तै कुनै आपत आयो फेरि हट्यो भने
खुशी हुन्छ नि। तिमीलाई पनि थाहा छ– अहिले
जन्म-जन्मान्तरको आपद् आइरहेको छ। अहिले हामी बाबाको पासमा जान्छौं। यो हो विचार
सागर मन्थन गरेर पाइन्ट निकाल्नु। बाबाले राय त दिनुहुन्छ। यसरी-यसरी आफू सँग कुरा
गर। हामीले ८४ जन्मको चक्र पूरा गर्यौं, अब बाबाको
पासमा जान्छौं। फेरि बाबाबाट वर्सा पाउँछौं। साक्षात्कार पनि गर्छन्। यसमा परोक्ष
र अपरोक्ष हुन्छ। जस्तै मम्मालाई कुनै साक्षात्कार भएन। बाबाले विनाश र स्थापनाको
साक्षात्कार गरे,
यिनलाई भविष्यको साक्षात्कार एक्युरेट भएको छ। तर पहिला यो
बझेनन्–
म यो विष्णु बन्नेछु। पछि बुझ्दै गए। यस विकारी गृहस्थ
धर्मबाट अहिले निर्विकारी गृहस्थ धर्ममा जान्छु, तत् त्वम्। तिमी पनि बाबाको पढाइद्वारा यस्तो बन्छौ। रेस गर्नुपर्छ। बाँकी
गीतमा छ मम्माको महिमा। त्यसैले तिमीले बुझिसकेका छौ जगत अम्बा कसलाई भनिन्छ? वास्तवमा माता-पिता को हो? उहाँ त निराकार बुद्धिमा छ। पिता त गड फादर ठीक हो। उहाँ निराकार हुनुहुन्छ।
माता त निराकार हुन सक्दैन। फादर निराकारी छन्, अवश्य वर्सा
दिनुहुन्छ। त्यसैले यहाँ आउनु पर्छ नि, आफ्नो परिचय
दिन। यिनलाई माता-पिता बन्नु पर्छ। यी बडी माँ भए। बाबा (दादा) हुनुहुन्छ निराकार।
कति अनौठो कुरा छ! माता (दादी) त कोही बन्न सक्दैन। यी ब्रह्मा त पुरुष भए किनकि
मुख वंशावली हो। बाबा भन्नुहुन्छ– कति गहन रहस्य छ, जुन सम्झाउँछु। कसैको बुद्धिमा बस्न सक्दैन– माता-पिता को हो? उनीहरूले
सम्झन्छन् कृष्णको लागि। फरक केवल यो गरेका छन्, यसलाई भनिन्छ–
एकज भूल। कुनै त कारण बन्नुपर्छ नि। के भूल हुन्छ, जसकारण यति दु:खी हुन्छन्? अहिले तिमीलाई थाहा छ–
कसले भुलायो, कारण के भयो
जसले गर्दा बिर्सियो?
वास्तवमा माया रावणले बिमुख गरेको छ। जसरी बाबा
गर्ने-गराउनेवाला हुनुहुन्छ, त्यस्तै माया पनि
गर्ने-गराउनेवाला हो। बाबा गर्ने-गराउनेवाला हुनुहुन्छ, ऊ गर्ने-गराउनेवाला दु:ख दाता हो। बाबा सँग बिमुख गराउँछ।
अहिले बाबा स्वयं भन्नुहुन्छ– हे आत्माहरू! निरन्तर
म बाबालाई याद गर। तिमी मेरो बच्चा हौ। तिमीले वर्सा लिनु छ, केवल मलाई याद गर। तिम्रो विकर्म विनाश हुन्छ। यो बेहदका
बाबाबाट मत मिल्छ ब्रह्माद्वारा, गुरु ब्रह्मा त
प्रसिद्ध छ। उनीहरूले फेरि भनिदिन्छन्– ईश्वर
सर्वव्यापी हुनुहुन्छ,
बेअन्त हुनुहुन्छ। पहिला हामीले पनि सम्झन्थ्यौं– यो ठीक भन्छन्। अहिले सम्झन्छौं– यो त रावण मायाले भन्न लगाएको हो। एकातिर भन्छन्– नाम रूप देखि न्यारा हुनुहुन्छ र फेरि भन्छन् सर्वव्यापी
हुनुहुन्छ । दुई कुरा एकसाथ हुन सक्दैन। पुग्यो, गुरुले जे भने त्यो मान्यो। मायाले भूल गराउँछ, तल गिराउँछ,
फेरि बाबाले अभुल बनाउनु हुन्छ उच्च चढाउनको लागि। बाबाले
पुरुषार्थ त धेरै राम्रो गराउनु हुन्छ, फेरि आफ्नो
तकदिर बनाउनु छ। बाबालाई याद गर्नु छ। यो त सहज छ। कन्याको जब सगाई हुन्छ, उसको पछि एकदम आसक्त हुन्छन् नि। त्यस्तै अहिले तिम्रो सगाई
हुन्छ शिवबाबा सँग,
त्यसैले उहाँ सँग आसक्त हुनु पर्छ। बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गर। तिम्रो आत्मा पवित्र बनेमा तिमी मेरो
साथमा जानेछौ। म तिमीलाई नयनमा लिएर जान्छु। केवल तिमीले मलाई याद गर्यौ भने म
ग्यारेन्टी गर्छु–
तिमी पापहरूदेखि मुक्त हुन्छौ। लक्ष्य-उद्देश्य विना
पुरुषार्थ कसरी गर्छौ?
यहाँ अन्धश्रद्धाको कुरा छैन। यो शिवबाबाको कलेज हो। उहाँ
हुनुहुन्छ स्वर्गको रचयिता। अमरलोकको लागि पढाइरहनु भएको छ। अहिले त मृत्युलोक हो।
मृत्युलोक खतम हुन्छ,
फेरि सत्ययुग अवश्य आउँछ। यो चक्र घुम्दै नै आउँछ। अच्छा!
मीठे-मीठे
सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी
बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि
मुख्य सारः–
१) कछुवाले
जस्तै सबै कर्मेन्द्रियहरूलाई समेटेर बाबा र वर्सालाई याद गर्नु छ। कर्मयोगी बन्नु
छ। आफूले आफै सँग कुरा गर्नु छ।
२) आपसमा
ज्ञान रत्नहरूको लेन-देन गरेर एक अर्काको पालना गर्नु छ। सबै सँग आत्मिक प्यार
राख्नु छ।
वरदान:– दृढ
संकल्पद्वारा व्यर्थको बिमारीलाई सदाको लागि समाप्त गर्ने सफलतामूर्त भव
सफलता मूर्त
बन्नको लागि सबै बच्चाहरूले यही एक दृढ संकल्प गर्नु छ– न कहिल्यै व्यर्थ सोच्ने छु, न कहिल्यै व्यर्थ हेर्ने छु, न व्यर्थ सुन्ने छु, न व्यर्थ बोल्ने छु र न व्यर्थ गर्ने छु... सदा सावधान रहेर
व्यर्थको नाम निशानलाई पनि समाप्त गर्ने छु। यो व्यर्थको बिमारी धेरै कडा छ, जसले योगी बन्न दिँदैन, किनकि व्यर्थ
हो विस्तार,
विस्तारमा भड्किएको बुद्धिलाई समेट्ने शक्तिद्वारा सार
स्वरूपमा स्थित गर तब सहजयोगी, सफलतामूर्त बन्छौ।
स्लोगन:– अरूलाई भनेर
सिकाउनुको सट्टा गरेर सिकाउने वाला बन।
No comments:
Post a Comment