दृष्टि-वृत्ति
परिवर्तन गर्ने युक्तिहरू
आज बापदादा सबै पुरुषार्थीहरूका संगठन देखिरहनु
भएको छ। यही पुरुषार्थ शब्दमा सारा ज्ञान समाहित छ। पुरुषार्थी अर्थात् पुरुष प्लस
रथी। कसको रथी हो?
कसको पुरुष हो?
यो प्रकृतिको मालिक अर्थात् रथको रथी। एकै शब्दको अर्थ स्वरूपमा स्थित हुन
गएमा के होला?
सबै कमजोरीहरूबाट सहज पार हुनेछौ। पुरुष प्रकृतिको अधिकारी हो नकि अधीन हो।
रथी रथलाई चलाउनेवाला हो, नकि रथको अधीन भएर चल्नेवाला। अधिकारी सदा सर्वशक्तिमान् बाबाका
सर्वशक्तिहरूका अधिकारी अर्थात् वर्साको अधिकारी वा हकदार हुन्। सर्वशक्तिहरू
बाबाको सम्पत्ति हुन् र सम्पत्तिको अधिकारी हरेक बच्चा हुन्।
यी सर्व शक्तिहरूका राज्य-भाग्य बापदादा सबैलाई जन्मसिद्ध अधिकारको रूपमा दिनुहुन्छ। जन्मनासाथ यो स्वराज्य सर्व शक्तिहरूका, अधिकारी स्वरूपको स्मृतिको तिलक र बाबाको स्नेहमा समाहित भएको स्वरूपको रूपमा दिलतख्त, सबैलाई जन्म लिनासाथ दिनुभएको छ। जन्मनासाथ विश्व कल्याणको सेवाको ताज हर बच्चालाई दिनुभएको छ। त्यसैले जन्मको अधिकारको तख्त, तिलक, ताज र राज्य सबैलाई प्राप्त छ नि! यस्तो चारै प्राप्तिहरूका प्राप्ति स्वरूप आत्माहरू कमजोर हुन सक्छन्? के यी चार प्राप्तिहरू सम्हाल्न सक्दैनौ? कहिले तिलक मेटिन्छ, कहिले तख्त छुट्न जान्छ, कहिले ताजको सट्टा बोझ उठाउँछौ। व्यर्थ कखपनको टोकरी उठाउँछौ। नाम स्वराज्य छ तर स्वयं नै राजाको बदला अधीन प्रजा बन्छौ। यस्तो खेल किन गर्छौ? यदि यस्तो नै खेल गरिरहन्छौ भने सदाको राज्य भाग्यको अधिकारको संस्कार अविनाशी कहिले बन्छ? यदि यही खेलमा चलिरहेमा प्राप्ति के होला! जसले आफ्नो आदि संस्कार अविनाशी बनाउन सक्दैनन् ती आदिकालको राज्य अधिकारी कसरी बन्छन्। यदि बहुतकालको योद्धापनको संस्कार रहेमा अर्थात् युद्ध गर्दा-गर्दै समय बितायौ, आज जित भोलि हार। भर्खरै जित भर्खरै हार। सदाको विजयीपनको संस्कार छैन भने यसलाई क्षत्रिय भनिन्छ वा ब्राह्मण? ब्राह्मण नै देवता बन्छन्। क्षत्रिय त फेरि गएर क्षत्रिय नै बन्छन्। देवताको निशानी र क्षत्रियको निशानीमा हेर अन्तर छ। यादगार चित्रहरूमा उनीसँग वाण देखाइएको छ, उनीसँग मुरली देखाएको छ। मुरलीवाला अर्थात् मास्टर मुरलीधर बनेर विकार रूपी साँप विषालु बन्नुको बदला विष समाप्त गरेर शैया बनाइदिए। कहाँ विष भएको सर्प र कहाँ शैया! यति धेरै परिवर्तन केबाट गरे? मुरलीबाट। यस्तो परिवर्तन गर्नेलाई नै विजयी ब्राह्मण भनिन्छ। त्यसैले आफूसँग सोध म को?
यी सर्व शक्तिहरूका राज्य-भाग्य बापदादा सबैलाई जन्मसिद्ध अधिकारको रूपमा दिनुहुन्छ। जन्मनासाथ यो स्वराज्य सर्व शक्तिहरूका, अधिकारी स्वरूपको स्मृतिको तिलक र बाबाको स्नेहमा समाहित भएको स्वरूपको रूपमा दिलतख्त, सबैलाई जन्म लिनासाथ दिनुभएको छ। जन्मनासाथ विश्व कल्याणको सेवाको ताज हर बच्चालाई दिनुभएको छ। त्यसैले जन्मको अधिकारको तख्त, तिलक, ताज र राज्य सबैलाई प्राप्त छ नि! यस्तो चारै प्राप्तिहरूका प्राप्ति स्वरूप आत्माहरू कमजोर हुन सक्छन्? के यी चार प्राप्तिहरू सम्हाल्न सक्दैनौ? कहिले तिलक मेटिन्छ, कहिले तख्त छुट्न जान्छ, कहिले ताजको सट्टा बोझ उठाउँछौ। व्यर्थ कखपनको टोकरी उठाउँछौ। नाम स्वराज्य छ तर स्वयं नै राजाको बदला अधीन प्रजा बन्छौ। यस्तो खेल किन गर्छौ? यदि यस्तो नै खेल गरिरहन्छौ भने सदाको राज्य भाग्यको अधिकारको संस्कार अविनाशी कहिले बन्छ? यदि यही खेलमा चलिरहेमा प्राप्ति के होला! जसले आफ्नो आदि संस्कार अविनाशी बनाउन सक्दैनन् ती आदिकालको राज्य अधिकारी कसरी बन्छन्। यदि बहुतकालको योद्धापनको संस्कार रहेमा अर्थात् युद्ध गर्दा-गर्दै समय बितायौ, आज जित भोलि हार। भर्खरै जित भर्खरै हार। सदाको विजयीपनको संस्कार छैन भने यसलाई क्षत्रिय भनिन्छ वा ब्राह्मण? ब्राह्मण नै देवता बन्छन्। क्षत्रिय त फेरि गएर क्षत्रिय नै बन्छन्। देवताको निशानी र क्षत्रियको निशानीमा हेर अन्तर छ। यादगार चित्रहरूमा उनीसँग वाण देखाइएको छ, उनीसँग मुरली देखाएको छ। मुरलीवाला अर्थात् मास्टर मुरलीधर बनेर विकार रूपी साँप विषालु बन्नुको बदला विष समाप्त गरेर शैया बनाइदिए। कहाँ विष भएको सर्प र कहाँ शैया! यति धेरै परिवर्तन केबाट गरे? मुरलीबाट। यस्तो परिवर्तन गर्नेलाई नै विजयी ब्राह्मण भनिन्छ। त्यसैले आफूसँग सोध म को?
सबैले आ-आफ्नो कमजोरीहरूलाई सच्चाइले स्पष्ट गरेका
छौ। त्यस सच्चाइको अंक त मिल्छ नै तर बापदादाले देखिरहनु भएको थियो– अहिलेसम्म आफ्नो
संस्कारलाई परिवर्तन गर्ने शक्ति आएको छैन भने विश्व परिवर्तक कहिले बन्ने? अहिले दृष्टि
परिवर्तन, वृत्ति परिवर्तन यो
अविनाशी कहिलेसम्म बन्छ! तिमी द्रष्टा हौ, दृष्टिद्वारा देख्नेवाला द्रष्टा, दृष्टि किन विचलित
गर्छौ? दिव्य नेत्रले
देख्छौ वा यस छालाको नेत्रले देख्छौ? दिव्य नेत्रले सदा स्वत: नै दिव्य स्वरूप नै
देखिन्छ। छालाको आँखाले छालालाई देख्छ। छालालाई देख्नु, छालाकै बारेमा
सोच्नु– यो कसको काम हो!
फरिश्ताहरूको?
ब्राह्मणहरूको?
स्वराज्य अधिकारीको?
त्यसोभए ब्राह्मण हौ वा को हौ? नाम भनौं?
सदैव हरेक नारी शरीरधारी आत्माको शक्ति रूप, जगत् माताको रूप, देवीको रूप देख्नु– यो हो दिव्य नेत्रले
देख्नु। कुमारी हो,
माता हो,
बहिनी हो,
सेवाधारी निमित्त शिक्षक हो, तर हुन् को? शक्ति रूप। बहिनी-भाइको सम्बन्धमा पनि कहिले-कहिले
वृत्ति र दृष्टि चञ्चल हुन जान्छ, त्यसैले सदा शक्ति रूप हुन्, शिव-शक्ति हुन्। शक्तिको अगाडि यदि कोही आसुरी
वृत्तिले आउँछ भने पनि उसको के हाल हुन्छ होला, त्यो त थाहा छ नि! हाम्रो टिचर होइन शिव-शक्ति हो।
ईश्वरीय बहिनी हो,
यसभन्दा पनि माथि शिव-शक्ति रूप देख। माताहरू वा बहिनीहरू पनि सदा आफूलाई
शिव-शक्ति स्वरूपमा स्थित होऊ। मेरो विशेष भाइ, विशेष विद्यार्थी होइन। उनी शिव-शक्ति हुन् र तिमी
महावीर हौ। लंकालाई जलाउनेवाला पहिला स्वयं भित्र रावणको वंशलाई जलाउनु छ।
महावीरको विशेषता के देखाउँछन्? उसको सदा दिलमा के देखाउँछन्? एक राम दोस्रो न कोही। चित्र देखेका छौ नि। त्यसैले
हरेक भाइ महावीर हो,
हरेक बहिनी शक्ति हुन्,
महावीर पनि रामको हो,
शक्ति पनि शिवको हो। कुनै पनि देहधारीलाई देख्दा सदा मस्तकमा आत्मालाई हेर।
कुरा आत्मासँग गर्नु छ वा शरीरसँग? कार्य व्यवहारमा आत्माले कार्य गर्छ वा शरीरले? सदा हर सेकेण्ड
शरीरमा आत्मालाई हेर। नजर नै मस्तकमणिमा जानु पर्छ। अनि के होला? आत्मा, आत्मालाई देखेर
स्वत: आत्म-अभिमानी बनिहाल्छ। हो त यो पहिलो पाठ! पहिलो पाठ नै पक्का गर्दैनौ, अल्फलाई पक्का
गर्दैनौ भने बे को बादशाही कसरी मिल्छ। केवल एउटा कुराको सावधानी राख। जे पनि
गर्नु छ, श्रेष्ठ कर्म वा
श्रेष्ठ बन्नु छ। त्यसैले हरेक कुरामा दृढ संकल्पवाला बन। जेसुकै सहन गर्नु परोस्, सामना गर्नु परोस्
तर श्रेष्ठ कर्म वा श्रेष्ठ परिवर्तन गर्नु नै छ। यसमा पुरुषार्थी शब्दलाई
ढिलासुस्तीका रूपमा प्रयोग नगर। पुरुषार्थी हौं, चलिरहेका छौं, गरिरहेका छौं, गर्नु त छ नै, यो लापर्बाहीको भाषा हो। त्यस घडी पुरुषार्थी
शब्दको अर्थ स्वरूपमा स्थित होऊ। पुरुष हुँ, प्रकृतिले धोखा दिन सक्दैन। यी सबै प्रकारका
कमजोरीहरू ढिलासुस्तीका निशानीहरू हुन्। महावीर त पहाडलाई पनि सेकेण्डमा हातमा
राखेर उड्नेवाला हुन् अर्थात् पहाडलाई पनि पानी समान हल्का बनाउनेवाला। सानो-सानो
परिस्थितिहरू के कुरा हुन्! फेरि त यस्ता महावीरलाई भनिन्छ कमिलासँग डराउनेवाला।
के गर्ने हुन पुग्छ। यो महावीरको बोली हो? समझदारले यो भन्दैन– के गर्ने चोर आइहाल्छ। समझदारले बारम्बार धोखा
खाँदैन। ढिलासुस्तीले बारम्बार धोखा खान्छ। सुरक्षाको साधन भएता पनि यदि कार्यमा
लगाउँदैनौ भने उसलाई के भन्ने? जान्दछु कि हुनु हुँदैन तर भइरहेको छ, यसलाई कुनचाहिँ
समझदारी भन्नेछौ!
दृढ संकल्पवाला बन। परिवर्तन गर्नु नै छ, भोलि पनि होइन, आजै। आज पनि होइन
अहिले। यसलाई भनिन्छ महावीर। रामको आज्ञाकारी। आज त मिल्ने दिन थियो फेरि पनि बच्चाहरूले
मेहनत गरेका छन् त्यसैले मेहनतको फल जवाफ त दिनु पर्यो। तर यी कमजोरीहरूलाई साथ
लिएर जानु छ के?
दिएको चीज फेरि फिर्ता त लिनु हुँदैन नि! जबरजस्ती आएमा पनि आउन नदिनु।
दुश्मनलाई आउन दिइन्छ र?
अटेन्शन,
चेकिंग यो डबल लक,
याद र सेवा–
यो दोस्रो डबल लक सबैको पासमा छ नि। त्यसैले सदा यो डबल लक लागिरहोस्। दुवै
तर्फ लक लगाउनु। बुझ्यौ! एकातर्फ मात्र नलगाउनु। खातिरी त स्थूल, सूक्ष्म धेरै भएको
छ। डबल खातिरी भएको छ नि। जस्तो दिदी-दादी वा निमित्त बनेका आत्माहरूले दिलले
खातिरी गरेका छन् भने त्यसको रिटर्नमा सबै दिदी-दादीलाई खातिरी दिएर जानु कि हामी
अब सदाको विजयी रहनेछौं। केवल मुखले बोल्ने छैन, मनले बोल। फेरि एक महिना पछि यी फोटो भएकालाई
हेर्नेछौं के गरिरहेका छन्। कसैसँग लुकाऊ तर बाबासँग त लुकाउन सक्दैनौ। अच्छा!
सदा दृढ संकल्पद्वारा सोच्यो र गर्यो दुवैलाई समान
बनाउने, सदा दिव्य
नेत्रद्वारा आत्मिक रूपलाई देख्ने, जहाँ देखे पनि आत्मा नै आत्मा देख्ने, यस्ता अर्थ स्वरूप
पुरुषार्थी आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी
बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
अव्यक्त महावाक्य
बाबा समान निराकारी, निरहंकारी र निर्विकारी बन
ब्रह्मा बाबाका लास्ट यी तीन शब्द याद राख– निराकारी, निरहंकारी र
निर्विकारी। संकल्पमा सदा निराकारी, सर्वसँग न्यारा र बाबाको प्यारा, वाणीमा सदा
निरहंकारी अर्थात् सदा रूहानी मधुरता र निर्माणता सम्पन्न र कर्ममा हर
कर्मेन्द्रियद्वारा निर्विकारी अर्थात् पवित्रताको व्यक्तित्व भएका बन। अभ्यास गर– म निराकार आत्मा
साकार आधारले बोलिरहेको छु। साकारमा पनि निराकार स्थिति स्मृतिमा रहोस्– यसलाई भनिन्छ
निराकार सो साकारद्वारा वाणी वा कर्ममा आउनु। वास्तविक स्वरूप निराकारी हो, साकार आधार हो। यो
डबल स्मृति “निराकार सो साकार” शक्तिशाली स्थिति
हो। आफ्नो निराकारी वास्तविक स्वरूपलाई स्मृतिमा राखेमा त्यो स्वरूपको वास्तविक
गुण, शक्तिहरू स्वत: नै
इमर्ज हुन्छन्। संगमयुगमा निराकार बाबा समान कर्मातीत‚ निराकारी स्थितिको
अनुभव गरेमा फेरि भविष्य २१ जन्म ब्रह्मा बाबा समान सर्वगुण सम्पन्न‚ सम्पूर्ण निर्विकारी
श्रेष्ठ जीवनको समान अनुभव गरिरहनेछौ। “बालक सो मालिक हुँ”– यो स्मृतिले सदा निरहंकारी‚ निराकारी स्थितिको
अनुभव गराउँछ। बालक बन्नु अर्थात् हदको जीवनको परिवर्तन हुनु। जब ब्राह्मण बन्यौ
भने ब्राह्मणपनको जीवनको पहिलो सहजमा सहज पाठ पढ्यौ– बच्चाहरूले भने “बाबा” र बाबाले भन्नुभयो “बच्चा अर्थात् बालक।” यस एक शब्दको पाठले ज्ञानस्वरूप बनाइदिन्छ।
सेवामा निमित्त भाव नै सेवाको सफलताको आधार हो।
निराकारी‚ निर्विकारी र
निरहंकारी− यी तीनै विशेषताहरू निमित्त भावले स्वतः नै आउँछ। निमित्त भाव छैन भने
अनेक प्रकारको मैपन सेवालाई ढिला गरिदिन्छ यसैले न म न मेरो। एक शब्द याद राख्नु
कि म निमित्त हुँ। निमित्त बन्नाले नै निराकारी‚ निरहंकारी र नम्रचित्त‚ निःसंकल्प अवस्थामा
रहन सक्दछौ। जस्तो निमित्त बन्नाले निराकारी, निरहंकारी, निरसंकल्प स्थिति हुन्छ त्यस्तै म-म आउनाले अहंकार
(मगरूरी), उदासी (मुरझाइस), निरासा (मायुसी)
आउँछ। उसको फेरि अन्त्यमा यही परिणाम हुन्छ– चल्दा-चल्दै जिउँदो भए तापनि मर्न पुग्छ। यसैले यस
मुख्य शिक्षाको सधैं साथ राख– म निमित्त हुँ। निमित्त बन्नाले कुनै पनि अहंकार उत्पन्न
हुँदैन। मतभेदको चक्रमा पनि आउँदैनौ।
जति निराकारी अवस्थामा हुन्छौ उति निर्भय हुन्छौ
किनकि भय शरीरको भानमा हुन्छ। त्यसैले निर्भयताको गुण धारण गर्नको लागि निराकारी
बन। जति निराकारी र न्यारा स्थितिमा रहन्छौ उति योगमा बिन्दु रूप स्थितिको अनुभव
गर्नेछौ र हिंड्दा-डुल्दा अव्यक्त स्थितिमा रहनेछौ। जस्तो स्थूल शरीरको हात खुट्टा
आदेशानुसार चलिरहन्छन् त्यस्तै एक सेकेण्डमा साकारीबाट निराकारी अर्थात् आफ्नो
वास्तविक निराकारी स्वरूपमा स्थित हुने अभ्यास गरेमा अहंकार आउँदैन। अहंकारले
अलंकारहीन बनाइदिन्छ। जो निरहंकारी र निराकारी फेरि अलंकारी स्थितिमा स्थित
रहन्छन् ती सर्व आत्माहरूको कल्याणकारी बन्न सक्छन् र जो सर्वको कल्याणकारी बन्छन्
तिनै विश्वको राज्य अधिकारी बन्छन्।
साक्षात्कारमूर्त तब बन्नेछौ जब आकारमा हुँदा
निराकारी अवस्थामा हुन्छौ। जस्तो अनेक जन्म आफ्नो देहको स्वरूपको स्मृति स्वाभाविक
रहेको छ त्यस्तै आफ्नो वास्तविक स्वरूपको स्मृतिको अनुभव पनि लामो समयको चाहिन्छ।
जब यो पहिलो पाठ पूर्ण हुन्छ आत्म-अभिमानी स्थितिमा रहने गर, तब सर्व आत्माहरूलाई
साक्षात्कार गराउनको लागि निमित्त बन्नेछौ। एक हो निराकारी, सोल कन्सेस वा आत्म
अभिमानी बन्ने निशाना र दोस्रो हो निर्विकारी अवस्था जसमा मनसाको पनि निर्विकारीपन
अवस्था बनाउनु पर्छ। जस्तो सारा दिन योगी र पवित्र बन्ने पुरुषार्थ गर्दछौ, यस्तै निर्विकारी र
निराकारीपनको निशाना सम्मुख होस् तब फरिश्ता वा कर्मातीत अवस्था बन्नेछ। फेरि कुनै
पनि अशुद्धि अर्थात् पाँच तत्त्वहरूका आकर्षणले आकर्षित गर्दैन। भर्खरै आज्ञा देऊ
आफ्नो सम्पूर्ण निराकारी,
निरहंकारी,
निर्विकारी अवस्थामा स्थित हुन जाऊ। तेरो-मेरो मान-शानको अलिकति पनि अंश
नहोस्। अंश पनि रहेको छ भने वंश पैदा हुनेछ, यसैले संकल्पमा पनि कुनै विकारको अंश नहोस्, तब यी तीनै अवस्था
आउनेछ फेरि त्यस प्रभावले जो वारिस वा प्रजा निस्कनुपर्ने ती फटाफट निस्कनेछन्, छिटो सेवा देखिनमा
आउनेछ।
अब आफ्नो निराकारी घर जानु छ भने जस्तो देश त्यस्तै
आफ्नो भेष बनाउनु छ। त्यसैले अब विशेष पुरुषार्थ यही हुनु पर्दछ कि फर्केर घर जानु
छ र सबैलाई लिएर जानु छ। यो स्मृतिले स्वतः नै सर्व सम्बन्ध, सर्व प्रकृतिको
आकर्षणबाट उपराम अर्थात् साक्षी बन्न जानेछौ। साक्षी बन्नाले सहज नै बाबाको साथी, बाबा समान बन्छौ।
बीच-बीचमा समय निकालेर यो देहभानबाट न्यारा निराकारी आत्मा स्वरूपमा स्थित हुने
अभ्यास गर। जुनसुकै कार्य गर, कार्य गर्दा पनि यो अभ्यास गर कि म निराकार आत्मा यस साकार
कर्मेन्द्रियहरूका आधारले कर्म गराइरहेको छु। निराकारी स्थिति करावनहार स्थिति हो।
कर्मेन्द्रियहरू करनहार हुन्, आत्मा करावनहार हो। त्यसैले निराकारी आत्मा स्थितिले
निराकारी बाबा स्वतः याद आउँछ। सारा दिनमा जति पटक म शब्द बोल्छौं याद गर कि म
निराकारी आत्मा साकारमा प्रवेश गरेको छु। जब निराकार स्थिति याद होला निरहंकारी
स्वतः नै हुन जानेछौ,
देहभान खतम हुन जानेछ। आत्मा याद आउनाले निराकारी स्थिति पक्का हुन जानेछ।
निराकारी, निरहंकारी र
निर्विकारी भवको वरदान जुन वरदाताद्वारा प्राप्त भइसकेको छ, अब यस वरदानलाई
साकार रूपमा ल्याऊ अर्थात् स्वयंलाई ज्ञानमूर्त यादमूर्त र साक्षात्कारमूर्त बनाऊ।
जो पनि सम्मुख आओस् उसलाई मस्तकद्वारा मस्तकमणि देखियोस्, नयनद्वारा ज्वाला
देखियोस् र मुखद्वारा वरदानको बोली निस्किरहेको देखियोस् तब प्रत्यक्षता हुनेछ।
वरदान:– वाणी र मनसा दुवैबाट
एक साथ सेवा गर्ने सहज सफलतामूर्त भव
वाचाको साथसाथै संकल्प शक्तिद्वारा सेवा गर्नु यही
पावरफुल अन्तिम सेवा हो। जब मनसा सेवा र वाणीको सेवा दुवैको संयुक्त रूप हुनेछ तब
सहज सफलता हुनेछ। यसले दुई गुना परिणाम निस्कनेछ। वाणीको सेवा गर्नेहरू थोरै
हुन्छन्, बाँकी रेखदेख
गर्नेहरू अरू कार्यमा जो रहन्छन् उनीहरूले मनसा सेवा गर्नुपर्दछ। यसले वायुमण्डल
योगयुक्त बन्दछ। हरेकले सम्झून्– मैले सेवा गर्नुपर्छ, तब वातावरण पनि शक्तिशाली हुन्छ र सेवा पनि डबल
हुन्छ।
स्लोगन:– सदा एकरस स्थितिको
आसनमा विराजमान होऊ,
तब अचल-अडोल हुन्छौ।
No comments:
Post a Comment