“ मीठे बच्चे– ति म्रो लागि योग भट्ठी धेरै महत्त्वपूर्ण छ, किनकि यस भट्ठीद्वारा नै तिम्रा विकर्म भस्म हुन्छन् । ”
प्रश्न:– कुन बच्चाहरूको बुद्धिमा
बिज र वृक्षको ज्ञान स्पष्ट बस्न सक्छ?
उत्तर:– जसले विचार सागर मन्थन गर्छन्। विचार सागर मन्थनको लागि
अमृत वेलाको समय धेरै राम्रो हो। अमृतवेला उठेर बुद्धिद्वारा एक बाबालाई याद गर।
तिम्रो अजपाजाप चलिरहोस्। सूक्ष्म वा स्थूलमा शिवबाबा शिवबाबा भन्ने आवश्यकता छैन।
बुद्धिद्वारा याद गर्नु छ।
ओम् शान्ति ।रूहानी बाबा बसेर आत्मालाई सम्झाउनुहुन्छ
अर्थात् बच्चालाई सम्झाउनुहुन्छ। बाबा भन्नुहुन्छ– मेरो पनि शरीर
होस् तब त कुरा गर्न सक्छु। तिमी पनि यस्तो सम्झ– आत्मा हुँ, यस शरीरद्वारा सुनिरहेको छु। यो ज्ञानलाई राम्रो सँग धारणा
गर्नु छ। जसरी बाबाले धारण गर्नु भएको छ। आत्माको बुद्धिमा धारणा हुन्छ। तिम्रो
बुद्धिमा यस्तो धारणा हुनुपर्छ, जस्तो बाबाको बुद्धिमा छ।
बीज र वृक्षको ज्ञान त धेरै सहज छ। मालीलाई ज्ञान रहन्छ– फलानो बीज रोप्नाले यति ठूलो वृक्ष निस्कन्छ।बाबा पनि यस्तै
सम्झाउनुहुन्छ,यो बुद्धिमा धारणा गर्नु
छ। जसरी मेरो बुद्धिमा छ, त्यस्तै तिम्रो बुद्धिमा
रहनुपर्छ। त्यो तब रहन्छ जब विचार सागर मन्थन गर्छौ। विचार सागर मन्थन गर्ने समय
सबेरैको धेरै राम्रो हुन्छ। त्यस समय धन्धा आदि कुनै हुँदैन। भक्ति पनि मनुष्यले
सबेरै गर्छन्। यहाँ वहाँ गइरहन्छन् वा बसेर कुनै नाम जप्छन् वा गीत गाउँछन्,आवाज गर्छन्,कसैले भित्र-भित्रै
राम-राम रटिरहन्छन्। यो भक्तिको अजपाजाप हुन्छ। कसैले माला पनि फेर्छन्। तिमीले
शिव शिव भन्नु छैन। जो मानिसले भक्तिमा गर्छन् त्यो ज्ञानमा हुनु हुँदैन। धेरैलाई
आदत परेको छ,शिव-शिव स्मरण
गरिरहन्छन्। तिमीलाई शिव-शिव न स्थूलमा,न सूक्ष्ममा जप्नु छ।
तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो बाबा आउनु भएको छ।
आउन पनि अवश्य कुनै शरीरमा आउनुहुन्छ। उहाँको कुनै आफ्नो शरीर त छैन। उहाँ पुनर्जन्म
रहित हुनुहुन्छ। पुनर्जन्म मनुष्य सृष्टिमा हुन्छ। विष्णुका दुई रूप लक्ष्मी
नारायण हुन्। देव-देव महादेव भन्छन्। ब्रह्मा र विष्णुको आपसमा कनेक्सन छ। शंकरको
कुनै कनेक्सन छैन,यसैले उनलाई ठूलो
राख्छन्। उनको पुनर्जन्म छैन,उनलाई सूक्ष्म शरीर
मिल्छ। शिवबाबाको सूक्ष्म शरीर पनि छैन, त्यसैले उहाँ सबैभन्दा
उच्च हुनुहुन्छ। उहाँ बेहदको बाबा हुनुहुन्छ। बच्चाहरूलाई थाहा छ–बेहदको बाबाबाट हामी बेहद सुखको वर्सा लिन्छौं। बाबाको
श्रीमतमा तिमीले पूरा चल्नु छ। जसले स्वयं याद गर्छ,अरूलाई याद
गराउँछ,ऊ बाबाको सहयोगी हो। बाबा
र वर्सालाई याद गर्नु छ। बच्चाहरूलाई सम्झाइरहनु हुन्छ– तिम्रो अहिले ८४ जन्म पूरा भएका छन्। बाँकी थोरै समय छ।
नाटकमा एक्टरले बुझ्दछन् अहिले बाँकी आधा घण्टा छ त्यसपछि हामी घर जान्छौं। समय
हेरिरहन्छन्। तिम्रो त बेहदको धेरै ठूलो घडी छ। सम्झाइएको छ अब घर जानु छ। बाबालाई
याद गर्नाले तिम्रो विकर्म विनाश हुन्छ अरू कुनै शास्त्रमा यस्तो सहज योग छैन।
उनीहरूले त धेरै हठयोग गर्छन्,धेरै मेहनत गर्छन्,जुन तिमी माताहरूले गर्न सक्दैनौ। तिमीलाई हठयोगीले जस्तै
आसन लगाउनु पर्दैन। हो सभामा ठीकसँग बस्नु पर्छ। तिम्रो राजयोग हो– खुट्टामा खुट्टा चढाएर बस्नु छ। यस्तो राजयोगमा बस्नाले नशा
चढ्छ। हठयोगमा दुवै खुट्टा चढाउँछन्। बाबाले तिमीलाई मेहनत दिनुहुन्न। केवल थोरै
फरक राख्नु पर्छ, सामान्य बस्नु र योगमा
बस्नुमा। तिमीले राजयोग सिकिरहेका छौ। त्यसैले यसरी बस्नुपर्छ, मनुष्यले बुझून् यो राजयोगमा बसेको छ। यो हाम्रो राजाई ढंग
हो। तिमी बेहदको बाबाद्वारा राजाहरूको राजा बनिरहेका छौ। यस्तो बाबालाई घरी-घरी
याद गर्नु पर्छ। सत्ययुगमा बाबालाई याद गरिदैन। आफूलाई गरिन्छ। कलियुगमा न बाबालाई
जान्दछन्,न आफूलाई जान्दछन्। केवल
बाबालाई पुकार्छन्। अहिले तिमीले राम्रोसँग जानेका छौ। अरू कसैले यस्तो सम्झँदैनन्– बाबा बिन्दु हुनुहुन्छ। अति सूक्ष्म पनि भन्छन् फेरि भन्छन्
हजार सूर्यभन्दा पनि तेज हुनुहुन्छ। त्यसैले कुरा मिल्दैन। जब भनिन्छ–नाम रूपभन्दा अलग हुनुहुन्छ फेरि हजार सूर्यभन्दा तेज किन
भन्नु पर्यो?पहिले तिमी पनि यस्तै
सम्झन्थ्यौ। बाबा भन्नुहुन्छ– ड्रामामा यो ज्ञान ढिलो
पाउनु थियो। सूक्ष्मभन्दा सूक्ष्म गुह्य कुरा बुझाइन्छ। यस्तो विचार आउनु छैन– पहिले हजार सूर्यभन्दा तेजोमय भन्नुहुन्थ्यो अहिले फेरि
बिन्दु किन भन्नुहुन्छ?जब आइ.सी.एस. पढ्छन् तब
आइ.सी.एस.को कुरा गरिन्छ,पहिले कसरी गर्ने?यसमा अलमलिने आवश्यकता छैन। ड्रामामा जब बाबाले सम्झाउनु
पर्ने हुन्छ तब सम्झाउनुहुन्छ,यसपछि अझै के-के
सम्झाउनुहुन्छ,किनकि बाबाको पनि प्रभाव
त निस्कनु छ नि। जसरी तिम्रो आत्मा छ त्यस्तै उहाँ पनि आत्मा हुनुहुन्छ। परमधाममा
रहनुहुन्छ। उहाँलाई परम आत्मा भनिन्छ। यहाँ जब आउनुहुन्छ, तब ज्ञान दिनुहुन्छ।
बाबा भन्नुहुन्छ– जब पतित दुनियाँ हुन्छ, तब म पावन दुनियाँ बनाउन आउँछु। पुकार्छन् पनि–हे पतित पावन,हे दुःखहर्ता सुखकर्ता
आउनुहोस्। उहाँ त संगममा आउनुहुन्छ। जब रात पूरा हुन्छ अनि दिन हुन्छ। पुरानो दुनियाँको
अन्त्य हुन्छ। कर्मातीत अवस्था अन्त्यमा हुन्छ। तिमीलाई रहनु पनि गृहस्थ व्यवहारमा
छ,छोड्नु पनि छैन। शरीर निर्वाह अर्थ व्यवहार गर्दा गर्दै कमल
फूल समान पवित्र रहनु छ। देवता त हुन् नै सम्पूर्ण पवित्र। तर कहिले र कसरी बने।
अवश्य पुरुषार्थ गरे तब त प्रारब्ध पाए। पुरुषार्थ अनुसार प्रारब्ध बन्यो। जस्तो
कर्म त्यस्तै प्रारब्ध,यो त चलि नै रहन्छ। अहिले
त तिमीलाई कर्म सिकाउने बाबा मिल्नु भएको छ। उहाँलाई राम्रो सँग याद गर्नुपर्छ।
तिमीहरू एडाप्ट गरिएका बच्चाहरू हौ। मारवाडीहरूमा एडाप्सन धेरै हुन्छ। तिम्रो पनि
एडाप्सन हो। तिमीहरू उहाँको गर्भबाट निस्कँदैनौ। एडाप्सनमा दुवै पिता याद रहन्छ।
पछि गएर जान्दछन्–हामी वास्तवमा कसका
थियौं। अहिले यिनको गोदका बच्चा बनेका छौ। तिमीलाई पनि थाहा छ– हामी कसका थियौं र कसका बनेका छौं। म एडाप्ट भएको छु
परमपिता परमात्मा सँग,उहाँ स्वर्गको रचयिता
हुनुहुन्छ। उहाँको रचना कति समय चल्छ?आधाकल्प। नर्कको रचयिता
रावण हो,त्यसको पनि आधाकल्प राज्य
चल्छ। सतोप्रधानबाट तमोप्रधान बन्छ। यो बुझ्नु पर्ने कुरा हो। केही बुझिएन भने
सोध्नुपर्छ। जब सूर्य चन्द्रमालाई ग्रहण लाग्छ तब भन्छन् दान दियो भने... सूर्य
चन्द्रमालाई माता-पिता भनिन्छ। यहाँ पनि नारी-पुरुष दुवैलाई ग्रहण लाग्छ,तब भनिन्छ ५ विकारको दान देऊ। यहाँ त वर्षमा १-२ पटक ग्रहण
लाग्छ। यो त कल्पको कुरा हो। बाबा आएर एकै पटक दान लिनुहुन्छ। मनुष्य सम्पूर्ण
कालो बनेका छन्। आइरन एज हो। सच्चा सुनमा मिलावट परेपछि कालो हुन जान्छ। नयाँ घर,पुरानो घर। नयाँ बच्चा र बूढामा फरक त हुन्छ नि। सानो बच्चा
कति मीठो प्रिय लाग्छ। सबैले उसलाई चुम्दछन्। काखमा राख्छन्। पुरानो जीर्ण भएपछि
भन्छन् शरीर छुटे राम्रो हुनेथ्यो। धेरै दुःख किन सहन गर्ने?आत्माले एउटा शरीर छोडेर गएर अर्को लिन्छ। यहाँ हामी
बिमारीलाई मर्न दिदैनौं फेरि पनि जति सुन्यो त्यति राम्रो। शिवबाबा र वर्सालाई याद
गरिरहौं। बिमारीमा जब धेरै पीडा हुन्छ, तब सबै भुलिन्छ। बाँकी
जसको कसैमा भावना बसेको छ ऊ सामुन्ने आउँछ। तिम्रो त प्रतिज्ञा छ मेरो त एक
शिवबाबा दोस्रो न कोही। फेरि अरूलाई किन याद गर्छौ। बाबा भन्नुहुन्छ–म विना कसैको पनि स्मृति नआओस्। गाइएको छ–अन्त्यकालमा जसले स्त्रीलाई स्मरण गर्छ–सारा श्लोक भनिदिन्छन्,अर्थ केही पनि बुझ्दैनन्।
हुन त सारा संगमको कुरा हो जुन भक्तिमा गाउँछन्,यस समय केवल
तिमीले बाबा र वर्सालाई याद गर्नु छ। श्री नारायण तिम्रो प्रारब्ध हो त्यसैले अर्थ
पूरा बुद्धिमा हुनुपर्छ। विना अर्थ त धेरैले याद गरिरहन्छन्। अन्त्यमा जो सँग धेरै
प्रीत हुन्छ, उसैको याद आउँछ। धेरै
खबरदारी राख्नुपर्छ। तिमीले याद गर्नु छ एक बाबालाई।
बाबा भन्नुहुन्छ–मनमनाभव। तिमी बच्चाहरूले
भन्छौ–बाबा हामी कल्प कल्प
हजुरसँग मिल्छौं। यो ज्ञान हजुरबाट मधुवनमा आएर लिन्छौं। यो हो वशीकरण मन्त्र।
सद्गुरु हुनुहुन्छ त्यसैले मन्त्र पनि यस्तै दिनुहुन्छ,जसकारण तिमी अमर बन्छौ। यो हो मायामाथि जित पाउने मन्त्र।
यसमा गाउँछन् तुलसीदास चन्दन घिसे.... यो पनि अहिलेको कुरा हो जुन पछि गाइन्छ।
तिमी बच्चाहरूलाई राजतिलक मिलिरहेको छ–बाबा र वर्सालाई याद
गर्नाले। बाबा र बादशाहीलाई याद गरेर शरीर छोड्यौ भने राजाई तिलक मिल्छ। एकलाई त
मिल्छ। माला १०८ को पनि छ। १६१०८ को पनि छ।
अब त केवल तिमीले एक्युरेट बाबालाई गर्नु छ। बाबाको लागि
भनिन्छ–हजुरको गति मत हजुर नै
जान्नुहोस्। त्यो सही हो। सद्गति दाता उहाँ हुनुहुन्छ,उहाँले नै जान्नुहुन्छ। पहिले त केवल गाउँथ्यौं अर्थरहित।
त्यसलाई अनर्थ भनिन्छ। प्राप्ति केही पनि छैन। मनुष्य दान पुण्य आदि गर्दै झर्दै
आएका छन्। प्राप्ति केही पनि छैन। आसुरी मतमा सबै अनर्थ भएको छ। यिनले पनि
नारायणको पूजा गर्थे,अब फेरि पुजारीबाट पूज्य
बनिरहेका छन्,यथार्थमा। अब तिमी
बच्चाहरूलाई थाहा छ– शिवबाबाले हामीलाई
पढाउनुहुन्छ। यो त पक्का याद राख्नु छ। नत्र विकर्म विनाश हुँदैन। यो योगको भट्ठी
अति महत्त्वपूर्ण छ। मुक्ति पनि मिल्छ नि। कसैले भन्छन्–मलाई मनको शान्ति चाहिन्छ,तर पहिले यो बताऊ
तिमीलाई अशान्त कसले बनायो?अवश्य पहिले शान्ति थियो।
अहिले अशान्त बनेका छौ,त्यसैले त शान्ति माग्छौ।
शान्ति त सारा दुनियाँमा चाहिन्छ। एकलाई शान्ति मिल्नाले केही हुन सक्दैन। एउटालाई
शान्ति मिल्नाले सारा दुनियाँमा कहाँ शान्ति हुन सक्छ र?अशान्त कसले बनायो?अलमलिएका छन्। सम्झाइन्छ– शान्तिधाम, सुखधाम र यो हो दुःखधाम।
सुखधाममा मनुष्य धेरै कम थिए। त्यस समय बाँकी सबै आत्माहरू शान्तिधाममा थिए।
तिमीलाई शान्ति वहाँ मिल्नेछ। यहाँ त मिल्न सक्दैन। यहाँ त छ नै दुःखधाम। दुःखमा
अशान्ति हुन्छ। यो त धेरै सहज छ,कसैलाई पनि सम्झाउन। सुख
शान्तिको वर्सा दिनेवाला एकै बाबा हुनुहुन्छ। सत्ययुगमा सुख शान्ति दुवै नै छन्।
यहाँ आत्माले चाहन्छ–मेरो मन शान्त होस्।
त्यसैले तिमी आफ्नो घर परमधाम जाऊ। तर पतित फेरि जान पनि सक्दैनन्,यसैले बाबा सम्झाउनु हुन्छ– मलाई याद गर्यौ
भने अन्त्य मति सो गति हुनेछ। बाबा र वर्सालाई याद गर। तर माया यस्तो छ जसले
पवित्र बन्न दिदैन। अबलाहरू माथि हेर कति अत्याचार हुन्छ। विष विना रहन सक्दैनन्।
बाबाको पासमा अनेक प्रकारका समाचार आउँछन्। सबैभन्दा बडी हिंसा काम महाशत्रुको हो।
बाबा भन्नुहुन्छ–प्यारा बच्चाहरू! विषलाई
छोड,कालो मुख नबनाऊ। भन्छन्
कोसिस गर्नेछु। यो विष हो,आदि मध्य अन्त्य दुःख
दिनेवाला हो। तर तकदिरमा छैन भने सुन्दै सुन्दैनन्। आत्माहरूलाई बाबा बसेर
सम्झाउनुहुन्छ– आजैदेखि विकारमा जानु छैन, तब मुख तल झार्छन्। अरे काम महाशत्रु हो। यो कहाँ राम्रो हो
र। यो हो नै विकारी दुनियाँ,सबै पतित छन्। सत्ययुगमा
सबै सम्पूर्ण निर्विकारी हुन्छन्। अच्छा!
माता-पिता बापदादाका कल्प अथवा ५ हजार वर्षपछि भेटिएका मीठे
मीठे सिकीलधे बच्चाहरूलाई याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी
बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) समय धेरै थोरै छ यसैले बाबाको पूरा-पूरा सहयोगी बनिरहनु
छ। बाबा र वर्सालाई याद गर्नु छ र अरूलाई पनि गराउनु छ।
२)अन्त्य समयमा एक बाबाको याद रहोस्– यसको लागि दिलको प्रीत एक बाबासँग राख। बाबा सिवाय अरू
कसैको स्मृति नआओस्, यसको लागि खबरदार रहनु छ।
वरदान:– रूहानी एक्सरसाइजद्वारा बोझलाई समाप्त गर्ने समान र समीप भव
रूहानी एक्सरसाइज अर्थात् भर्खरै निराकारी, भर्खरै अव्यक्त फरिस्ता,
भर्खरै साकारी
कर्मयोगी। भर्खरै विश्व सेवाधारी। यस्तो एक्सरसाइज नित्य गर्यो भने व्यर्थको जुन
बोझ छ, त्यो समाप्त भएर जान्छ।
जब बोझ समाप्त हुन्छ, प्रियतम समान डबल लाइट
बन्यौ भने जोडी राम्रो लाग्छ। यदि प्रियतम हल्का र प्रियतमा भारी हुने हो भने जोडी
राम्रो लाग्दैन। रूहानी प्रियतम प्रियतमालाई भनिन्छ– समान बन, समीप बन।
स्लोगन:– आफ्नो जीवनरूपी गुलदस्ताद्वारा दिव्यताको सुवास फैलानु नै
गुणमूर्त बन्नु हो।
No comments:
Post a Comment