10/05/17
“ मीठे
बच्चे –
तिमी
सच्चा - सच्चा आशिक बनेर म एक माशूकलाई याद गर्यौ भने तिम्रो आयु बढ्छ । योग र
पढाइबाट नै तिमी उच्च पद पाउन सक्नेछौ । ”
उत्तर:–
प्यारा
बच्चाहरू! मलाई पवित्रताको मदत चाहिन्छ। प्रतिज्ञा गर–
म
काम विकारलाई लात मारेर पवित्र अवश्य बन्नेछु। सबेरै-सबेरै उठेर आफूसँग कुराकानी
गर–
मीठा
बाबा! म हजुरको मदतको लागि तयार छु। म पवित्र बनेर विश्वलाई पवित्र अवश्य बनाउँछु।
म हजुरको शिक्षामा अवश्य चल्नेछु। कुनै पनि पापको काम गर्ने छैन। बाबा हजुरको कमाल
छ,
सपनामा
पनि थिएन–
हामी
कुनै विश्वको मालिक बन्नेछौं। हजुरले हामीलाई केबाट के बनाइरहनु भएको छ!
गीत :–
तुम्हारे
बुलाने को...
ओम् शान्ति । प्यारा
बच्चाहरूले जान्दछन्– हामी आत्माहरू आशिक
हौं,
उहाँ
एक माशूक बाबाको। बच्चालाई थाहा छ– आशिक
र माशूकको सम्बन्ध कति कडा हुन्छ। ती जिस्मानी आशिक जुन हुन्छन्,
ती
शरीरमा आशिक हुन्छन्, विकारको लागि होइन।
बच्चाहरूलाई थाहा छ– कसैको विवाह हुन्छ
भने ती स्त्री-पुरुष कहलाउँछन् तर ती पनि आशिक माशूक हुन् एक अर्कालाई पतित
बनाउने। पहिला देखि नै उनलाई थाहा हुन्छ, जान्दछन्
विकारी बन्छौं। अहिले तिमी बच्चाहरू आशिक बनेका छौ एक माशूकको,
जो
सबै आत्माहरूका माशूक हुनुहुन्छ। सबै उहाँ एकका आशिक हुन्। सबै भक्त आशिक हुन्
भगवान्का। तर भक्तहरूलाई भगवान्को बारेमा थाहा छैन। भगवान्लाई नजान्नाको कारण केही
पनि शक्ति आदि पाउन सक्दैनन्। साधु-सन्त आदि पवित्र रहन्छन् त्यसैले उनलाई केही न
केही अल्पकालको लागि मिल्छ। तिमीले त याद गर्छौ एक माशूकलाई। उहाँसँग बुद्धियोग
लगाइन्छ। जो पिता पनि हुनुहुन्छ, शिक्षक
पनि हुनुहुन्छ, पतित-पावन सर्वशक्तिमान् हुनुहुन्छ।
उहाँ बाबासँग तिमीले योग लगाएर शक्ति लिन्छौ। तिम्रो ज्ञान नै अलग छ,
शक्ति
लिन्छौ मायामाथि जित पाउनको लागि। यस्तो जुन विश्वको मालिक बनाउने माशूक हुनुहुन्छ,
कति
मीठो हुनुहुन्छ। जसले बाबालाई आफ्नो बनाएका छन्, उनले
जान्दछन्–
उहाँ
कति राम्रो माशूक हुनुहुन्छ, जसलाई
आधाकल्प देखि सबैले याद गर्छन्। ती जिस्मानी आशिक माशूक त एक जन्मका हुन्छन्।
तिमीले त आधाकल्प याद गरेका छौ। अहिले तिमीले बाबालाई जानेका छौ त्यसैले तिमीलाई
धेरै शक्ति मिलिरहेको छ। तिमी श्रीमतमा चलेर स्वर्गको सर्वश्रेष्ठ मालिक बन्छौ।
आशिक बन्छ आत्मा, कर्तव्य आत्माले गर्छ–
कर्मेन्द्रियहरूद्वारा।
अहिले तिमी
बच्चाहरूलाई यो धुन लागेको छ– बाबाबाट
वर्सा लिनु छ। विषको लेन-देनको लागि जुन हात बाँध्छन्,
त्यो
बाबा आएर अब क्यान्सिल गर्नु भएको छ। भन्नुहुन्छ– यी
सबै कुराहरूलाई छोडेर अब मलाई याद गर। जिस्मानी आशिकलाई पनि हर समय खाँदा-पिउँदा,
उठ्दा-बस्दा
माशूकको याद रहन्छ नि। उनीहरूमा नराम्रो भावना हुँदैन। विकारको कुरा हुँदैन। अहिले
तिमी याद गर्छौ एकलाई। यादको पुरुषार्थ अनुसार तिमीले आफ्नो आयु बढाउन सक्छौ।
मानौं कुनै ब्राह्मणले भन्छ– तिम्रो
आयु ५० वर्ष छ, बाबा भन्नुहुन्छ–
तिमीले
अब योगबल द्वारा आफ्नो आयु बढाउन सक्छौ। जति धेरै योगमा बस्छौ,
त्यति
आयु बढ्छ। फेरि भविष्य जन्म-जन्मान्तर लामो आयुवाला बन्छौ। योग छैन भने फेरि सजाय
खानु पर्छ, फेरि पद पनि कम हुन जान्छ। हुन त सुखी त
सबै बन्छन् तर योग र पढाइले। फरक सबै पदको रहन्छ नि। जति पुरुषार्थ त्यति उच्च पद।
धन त नम्बरवार हुन्छ नि। सबै एकनाश धनी हुन सक्दैनन्। बाबा सम्झाउनुहुन्छ–
प्यारा
बच्चाहरू! जति हुन सक्छ मेरो मतमा चल। आधाकल्प तिमी आसुरी मतमा चल्छौ,
जसले
गर्दा तिम्रो आयु छोटो हुँदै गयो। जतिसुकै ठूलो मानिस होस्,
आज
जन्म लियो, भोलि मरिहाल्यो। दान-पुण्य गर्नाले ठूलो
घरमा जन्म मिल्छ हैन। अब बाबाले तिमीलाई अविनाशी ज्ञान रत्नहरूको दान दिएर झोली
भरिरहनु भएको छ। तिमी कति साहुकार बन्छौ। यो अविनाशी ज्ञान रत्नहरूको दान भन वा
वर्सा भन,
बाबाबाट
मिलिरहेको छ। तिमी बाबाबाट वर्सा लिन्छौ, त्यसैले
फेरि तिमीले अरूलाई बाटो बताउनु छ। भगवान्का हामी बच्चा हौ त्यसैले अवश्य भगवान्
भगवती पद मिल्नुपर्छ। यहाँ गाइन्छ– गडेज
लक्ष्मी,
गड
नारायण। नयाँ दुनियाँमा गड गडेजले नै राज्य गर्छन् किनकि गड द्वारा पद मिलेको हो।
तर बाबा सम्झाउनु हुन्छ– यदि उनलाई गड-गडेज
भन्छौ भने यथा राजा-रानी तथा प्रजालाई पनि गड-गडेज भन्नु पर्ने हुन्छ,
त्यसैले
देवी-देवता भनिन्छ।
तिमीलाई थाहा छ–
हामीले
विश्वलाई स्वर्ग बनाइरहेका छौं। परमपिता परमात्माको श्रीमत द्वारा हामी राजयोग
सिक्छौं। फेरि राज्य भाग्य पाउँछौं। परमात्माले नै स्वर्गको स्थापना गर्नुहुन्छ
भने अवश्य नर्कमा आउनु हुन्छ तब त स्वर्ग बनाउनुहुन्छ। जो कल्प पहिला बनेका होलान्
उनै बन्छन्। सबै एकरस त हुँदैनन्, नम्बरवार
पुरुषार्थ गर्छन्। आजकल त बच्चाहरूले हिम्मत गरेर पानको बीडा उठाउँछन्–
बाबा
फलानी बच्चीलाई धेरै मार पर्छ, म
उसलाई बचाउनको लागि युगल बन्छु। ठीक छ यो त राम्रै हो तर फेरि ज्ञानको तागत
हुनुपर्छ,
धारणा
हुनुपर्छ। जति वारिस एवं प्रजा बनाउँछौ, काँडालाई
फूल बनाउने सेवा गर्छौ, त्यति उच्च पद
पाउँछौ। कति मेहनत गर्नुपर्छ। यस्ता धेरै बेलायतमा पनि बस्छन्। कम्पेनियन भएर
बस्छन्,
पवित्र
रहन्छन्। फेरि सबै धन-सम्पत्ति स्त्रीलाई दिन्छन् अथवा त च्यारिटीमा दिन्छन्।
अहिले तिमी बच्चाहरूलाई परमपिता परमात्मा माशूक मिल्नु भएको छ,
जसले
तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ त्यसैले उहाँको कति याद रहनुपर्छ। यस्तो
बाबालाई त धेरै याद गर्नुपर्छ। तिमीले नै बाबालाई चिनेका छौ,
अरू
कोही पनि साधु-सन्त आदिले बाबालाई चिन्दैनन्। यहाँ बाबा बच्चाहरूको सम्मुख बस्नु भएको
छ। यस समय कोही पवित्र रहन्छन् पनि तर उनीहरूलाई पवित्रताको बल मिल्न सक्दैन। जति
तिमी बच्चाहरूलाई पतित-पावन बाबाबाट मिल्छ किनकि उनले बाबालाई चिन्दैनन्। आत्मा नै
परमात्मा अथवा ब्रह्म नै परमात्मा हो– यस्तो
भनिदिन्छन्। अनेकानेक मत-मतान्तर छन्। यहाँ तिमीहरू सबैको एक अद्वैत मत छ।
मनुष्यबाट देवता बन्ने मत मिल्छ, बाबाद्वारा।
मनुष्यबाट देवता बनाउनमा अवश्य धेरै समय लाग्दैन। विकारी मनुष्यहरूलाई आएर पवित्र
बनाउनुहुन्छ। महिमा त छ नि। बाँकी शास्त्र त धेरै सुन्दै,
पढ्दै
आएका छन् तर त्यसबाट कुनै फल मिल्दैन। अहिले बाबा आउनु भएको छ त्यसैले उहाँको
सच्चा-सच्चा आशिक बन्नु पर्छ। बुद्धियोग अन्त कहीँ भट्किनु हुँदैन। गृहस्थ
व्यवहारमा बस तर कमल फूल समान। भक्तिमार्गमा त कसैले हनुमान्लाई,
कसैले
गणेशलाई,
कसैले
कसलाई मान्दै आएका छन्। तर ती कुनै भगवान्त होइनन्। हुन त शिवबाबाको नाम पनि याद छ,
तर
बुझ्दैनन्। परमात्मालाई कण-कण भनिदिएका छन्। धागो नै सारा अल्झिएको छ,
बाबा
सिवाय कसैले त्यसलाई सुल्झाउन सक्दैन। भगवान् कसैलाई पनि मिल्दैन। स्वयं भगवान्
भन्नुहुन्छ– जब भक्ति पूरा हुन्छ तब म आउँछु।
आधाकल्प भक्तिमार्ग चल्छ, दिन र रात। सुरुमा
पनि पहिला-पहिला जब प्रवेशता भयो, भित्तामा
यस्तो-यस्तो चक्र बनाउँदै गर्थें, जस्तो
सानो बच्चा हुन्छन्। समझमा केही पनि आउँदैनथ्यो। म, तिमीहरू
सबै बच्चा थियौं, फेरि
बिस्तारै-बिस्तारै बुद्धिमा आउँदै गयो। अहिले तिमी पढेर होशियार भएका छौ,
त्यसैले
बिलकुल सहज तरिकाले सम्झाउन सक्छौ। यस्तो नसम्झ– उनी
धेरै पुरानो बच्चा हुन्, त्यसैले म भन्दा
होशियार छन्। मैले त यति पढ्न सक्दिनँ। बाबा भन्नुहुन्छ–
पछि
आउनेहरू धेरै अगाडि जान सक्छन्। ढिलो आउनेहरू अझै दिन-रात योगमा मस्त भएर
लाग्नेछन्। दिन प्रतिदिन प्वाइन्ट धेरै राम्रो-राम्रो मिलिरहन्छन्। परमपिता
परमात्मा स्वर्गका रचयिता हुनुहुन्छ त्यसैले उहाँबाट वर्सा मिल्नुपर्छ नि।
सत्ययुगमा थियो। अहिले छैन, त्यसैले त बाबा फेरि
दिन आउनु भएको छ। कति उपाय गरिन्छ– बच्चाहरूलाई
केही समझमा आओस् र योगमा लागून्। कसैले भन्छन् मलाई फुर्सत छैन। यस यादबाट नै तिमी
सदैव निरोगी बन्छौ। त्यसैले यस धन्धामा लाग्नु पर्यो नि। यसमा स्थूल केही पनि
गर्नु पर्दैन। लौकिक बाबाको याद रहन सक्छ, पारलौकिक
बाबालाई किन बिर्सन्छौ? बाबा भन्नुहुन्छ–
तिमी
बच्चाहरूलाई ५ हजार वर्ष पहिला पनि वर्सा दिएको थिएँ नि। तिमी विश्वको मालिक थियौ–
के
यो बिर्सिसक्यौ? तिमी सूर्यवंशी थियौ,
फेरि
चन्द्रवंशी, वैश्यवंशी बन्यौ। अब फेरि ब्राह्मण वंशी
बनाउन आएको हुँ। ब्राह्मण बन्छौ तब त यज्ञको सम्हाल गर्न सक्छौ। ब्राह्मण कहिल्यै
विकारी बन्न सक्दैनन्। अन्तसम्म त पवित्र रहनु नै छ अनि नयाँ दुनियाँको मालिक बन्न
सक्नेछौ। कति ठूलो प्राप्ति छ। तिमीले बाबालाई याद गर्दैनौ। बच्चा बनेर बाबालाई
याद नगर्नु– यस्तो त कहिल्यै हुँदैन। बाबालाई
बिर्सियौ भने वर्सा कसरी मिल्छ? यो
त आम्दानी हो नि। साधु-सन्तहरूको पासमा प्राप्ति त केही छैन। केवल पवित्रताको बल छ,
ईश्वरीय
बल छैन। ईश्वरलाई चिनेकै छैनन् भने बल कसरी मिलोस्? बल
तिमीलाई मिलेको छ। बाबा स्वयं भन्नुहुन्छ– म
तिमीलाई स्वर्गको मालिक बनाउन आएको छु। तिमी थोरै समयको लागि पवित्र रहन सक्दैनौ?
क्रोध
हो सेकेण्ड नम्बर भूत। ठूलोमा ठूलो भूत हो कामको। सत्ययुगमा दुनियाँ निर्विकारी
थियो,
कति
सुखी थियो। विकारी बनेको छ त्यसैले अब के हाल हुन गएको छ! बाबा फेरि निर्विकारी
बनाउन आउनु भएको छ। यस्तो बाबालाई याद गर्न तिमीले बिर्सन्छौ?
मायाले
झट्ट विकर्म गराइदिन्छ! धेरै ठूलो मंजिल छ। तिमी यस्तो बाबाको श्रीमतमा चल्दैनौ!
यस्तो बाबासँग प्यार छैन! भन्छन् बिर्सिहाल्छौं, ठीक
छ एक घडी,
आधा
घडी... कमसे कम यति त कोसिस गर– अन्तमा
बाबा नै याद रहोस्। यो अन्तकाल हो नि। अन्तकाल नारायण याद गरून्... म नारायण
बन्छु। तिमी पनि बन्छौ नि। बाबा भन्नुहुन्छ– पूरा
आशिक पनि बन। बाबा त दाता हुनुहुन्छ। बाबालाई आफ्नो बनाएमा बाबाले राय अथवा मत
दिनुहुन्छ। सौतेलालाई त मत दिनुहुन्न। बाबा त दाता हुनुहुन्छ। तिमीसँग केही
लिनुहुन्छ र? तिमीले जे पनि गर्छौ,
आफ्नो
लागि। म त विश्वको मालिक पनि बन्दिनँ। यस्तो कहिल्यै सम्झनु हुँदैन–
मैले
शिव बाबालाई दान दिन्छु। होइन, शिवबाबाबाट
वर्सा लिन्छौ। मर्ने वेलामा दान गराउँछन् नि। कर्नीघोरलाई सबै दिन्छन्। तिमी सँग छ
नै के?
पुरानो
चीज दान गर्छौ परमात्मालाई। तिम्रो यो सबै खतम हुनेछ। मृत्यु सँग त डराउँदैनौ हैन!
बाबा भन्नुहुन्छ– यस छी-छी दुनियाँबाट
मर्नु राम्रो हो। पाँच हजार वर्ष पहिला पनि मच्छर सदृश्य सबैलाई लिएर गएको थिएँ। म
तिम्रो कालको पनि काल पिता पनि हुँ। तिमीलाई आधाकल्पको लागि कालको पंजाबाट
छुटाउँछु। वहाँ त आत्मा स्वतन्त्र रहन्छन्। जब शरीर पुरानो हुन्छ,
तब
छोडेर नयाँ लिन्छ। अहिले पनि सम्झन्छन्– बाबाको
पासमा जानु छ। त्यसैले सबेरै उठेर बाबासँग कुरा गर। बाबा हजुरको त कमाल छ,
सपनामा
पनि थिएन–हजुर
आएर हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ। हामी त बिलकुल घोर अन्धकारमा थियौं। बाबा
हजुरको कमाल छ। हजुरको शिक्षामा अवश्य चल्नेछु। कुनै पनि पापको काम गर्दिनँ। कामको
भूतलाई पहिला लात मार्नेछु। पवित्रताको प्रतिज्ञा गर। बाबा,
मीठा
बाबा,
म
हजुरको मदतको लागि हाजिर छु... यस्तो-यस्तो कुराकानी गर्नुपर्छ। जस्तो बाबाले
पुरुषार्थ गर्नुहुन्छ, बच्चाहरूलाई
सुनाउनुहुन्छ। बाबा हामी अशरीरी आएका थियौं, अहिले
याद आयो... यस पुरानो दुनियाँलाई बिर्सने पुरुषार्थ गर्नु छ। शिवबाबाका यतिका धेरै
बच्चा छन्। चिन्ता त होला नि! ब्रह्मालाई पनि चिन्ता होला नि! कति धेरै बच्चा छन्,
कति
सम्हाल हुन्छ। बच्चा बिलकुल आरामसँग बसून्। यहाँ तुम ईश्वरीय घरमा छौ नि। कुनै
संगदोष छैन। बाबा सम्मुख बस्नु भएको छ। तिमी सँगै खाऊँ,
बसूँ...
तिमीलाई थाहा छ– शिवबाबा यिनमा आएर बच्चा-बच्चा
भन्नुहुन्छ। भन्नुहुन्छ– मेरा अति प्यारा
बच्चाहरू! प्रतिज्ञा गर विकारमा कहिल्यै पनि जाने छैन। पवित्रताको मलाई मदत गर्यौ
भने विश्वलाई पवित्र बनाउनेछौ। हिम्मत बच्चाको मदत बाबाको... यो याद आउँदैन।
कल्प-कल्प हामी यही धन्दा गर्छौं, विश्वलाई
स्वर्ग बनाउँछौं। जसले मेहनत गर्छ, उनै
स्वर्गको मालिक बन्छन्। बापु जीलाई कति मदत गरे। अब हेर राज्य मिल्यो... तर
रामराज्य त बनेन। दिन-प्रतिदिन झन् तमोप्रधान हुँदै जान्छन्। बाबा आएर सुखधामको
मालिक बनाइरहनु भएको छ। आधाकल्प तिमी सुखी रहन्छौ। अच्छा!
मीठे-मीठे सिकीलधे
बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको
रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
धारणाको लागि मुख्य
सारः–
१) सच्चा-सच्चा आशिक
बन्नु छ। बुद्धियोग एक माशूकसँग लगाउनु छ। बुद्धि यता-उता नभट्कियोस्–
यसमाथि
अटेन्शन दिनु छ।
२) प्राप्तिलाई अगाडि
राखेर बाबाको निरन्तर याद गर्नु छ। पवित्र अवश्य बन्नुपर्छ। विश्वलाई स्वर्ग
बनाउने धन्दा गर्नु छ।
वरदान:–
श्रेष्ठ
संस्कारहरूको आधारमा भविष्य संसार बनाउने धारणा स्वरूप भव
अहिलेको श्रेष्ठ
संस्कारहरूले नै भविष्य संसार बन्छ। एक राज्य, एक
धर्मको संस्कार नै भविष्य संसारको फाउण्डेशन हो। स्वराज्यको धर्म वा धारणा हो–
मन-वचन-कर्म,
सम्बन्ध-सम्पर्कमा
सबै प्रकारको पवित्रता। संकल्प वा स्वप्न मात्र पनि अपवित्रता अर्थात् दोस्रो धर्म
नहोस्। जहाँ पवित्रता छ, वहाँ अपवित्रता
अर्थात् व्यर्थ वा विकल्पको नाम-निशान रहँदैन, त्यसलाई
नै धारणा स्वरूप भनिन्छ।
स्लोगन:–
दृढताको शक्तिले कडा
संस्कारलाई पनि मैनलाई जसरी पगालिदिन्छ।
No comments:
Post a Comment