“मीठे बच्चे– तिमीलाई घरमा बसेर पनि भगवान् बाबा मिल्नु भएको छ
त्यसैले तिमी अपार खुशीमा रहनु पर्छ, विकार वश खुशीलाई दबाउनु हुँदैन। ”
प्रश्न:– तिमी बच्चाहरूमा पनि
भाग्यमानी कसलाई भनिन्छ र अभागी कसलाई भनिन्छ?
उत्तर:– भाग्यमानी ऊ हो, जसले धेरैलाई आफू
समान बनाउने सेवा गर्छ,
सबैलाई सुख दिन्छ र अभागी त्यो ऊ हो, जो केवल सुत्छ र खान्छ। अरूलाई दु:ख दिइरहन्छ।
पुरुषार्थमा कमी हुनाले नै अभागीबन्छ।
प्रश्न:– जुन बच्चाको तेस्रो
नेत्रको अपरेशन सफल हुन्छ,
त्यसको निशानी के हुन्छ?
उत्तर:– ऊ मायाको तुफानमा
घरी-घरी गिर्दैन,
ठक्कर खाँदैन। उसको दैवी चलन हुन्छ। धारणा राम्रो हुन्छ।
गीत:– छोड भी दे आकाश
सिंहासन...
ओम् शान्ति। शिव भगवानुवाच वा यस्तो पनि भन्न
सकिन्छ– गीताका भगवान् शिव
भगवानुवाच। गीताको नाम लिइन्छ किनकि गीतालाई नै खण्डन गरेका छन्। सारा आधार यसैमा
छ– गीता श्रीकृष्ण
साकार देवताले गाएका होइनन् अर्थात् कृष्णले राजयोग सिकाएका होइनन् वा कृष्णद्वारा
आदि सनातन देवी-देवता धर्मको स्थापना भएको होइन। कृष्णलाई निराकार भगवान् त भन्न
सकिँदैन। कृष्णको चित्र नै बेग्लै छ। निराकारको रूप बेग्लै छ, उहाँ हुनुहुन्छ परम
आत्मा। उहाँको कुनै शरीर छैन। पुकार्छन् नै हे भगवान् रूप बदलेर आउनुहोस् भनेर।
उहाँले कुनै जनावरको रूप त धारण गर्नुहुन्न। मनुष्यले त जनावरको रूप पनि राखेका
छन्। कछुवा-माछा अवतार,
वराह अवतार.... तर स्वयं भन्नुहुन्छ– मैलै यी रूप नै धारण गरेको छैन। मैले त नयाँ सृष्टि
रच्नु पर्छ। कृष्णले सृष्टि रच्नु पर्दैन। ब्राह्मण कुललाई रच्ने ब्रह्मा। ब्रह्मा
र कृष्णमा त धेरै फरक छ। ब्रह्माको मुखबाट ब्राह्मण रचिए। कृष्णको मुखबाट देवताहरू
रचिए– यस्तो त कहीँ पनि
लेखिएको छैन।अहिले तिमी बच्चाहरूलाई थहा छ– दुनियाँमा यस्तो कोही छैन, जसको बुद्धिमा होस्
निराकार परमात्मा साकारमा आएर आत्माहरूलाई ज्ञान दिनुहुन्छ। ज्ञान लिने पनि
आत्माहरू हुन्। दिने पनि आत्मा हुन्। अब आधा कल्प देखि भिन्न-भिन्न रूपबाट
माता-पिता, गुरु-गोसाईं आदि सबै
देहधारीले एक अर्कालाई केही न केही मत दिदै आएका छन्। अहिले यतिबेला त्वमेव
माताश्च पिता.... को अर्थ सम्झाइन्छ। यो महिमा एकको नै गायन गरिन्छ। बाबा
भन्नुहुन्छ–
तिम्रो जति पनि लौकिक माता पिता बन्धु गुरु गोसाईं छन्, यी सबैको मतलाई छोड।
म नै आएर तिम्रो पिता शिक्षक गुरु बन्धु आदि बन्छु। मेरो मतमा सबैको मत आधारित छ
त्यसैले म एकको मतमा चल्नु राम्रो हुन्छ। परमपिता परमात्माले वास्तवमा अहिले नै मत
दिनुहुन्छ नि। यहाँ परम आत्माले तिमी आत्माहरूलाई मत दिनुहुन्छ र उनीहरू सबैले
मनुष्य मत दिन्छन्। वास्तवमा ती आत्माहरूले देहका अंगद्वारा मत दिन्छन् तर मनुष्य
नाम रूपमा फँसेका छन् त्यसैले यस रहस्यलाई जान्दैनन्। जस्तै भन्दछन् बुद्ध पार
निर्वाण गए। अब बुद्ध त शरीरको नाम भयो। त्यो शरीर त कतै जाँदैन वा भन्छन् फलानो
वैकुण्ठ गयो,
उनीहरूले नाम शरीरको लिन्छन्। यस्तो भन्दैनन् उसले शरीर छोड्यो, उनको आत्मा गयो।
यसरी कोही जाँदैन। तिमीहरूले सम्झन्छौ– आत्मा नै स्वर्गमा जान्छ। आत्मा कुनै कहाँ
स्वर्गबाट यहाँ आउँछ र,
सबै परमधामबाट आउँछन्। यो ज्ञान तिमी बच्चाहरूको बुद्धिमा छ। तिमीलाई थाहा छ– यस सृष्टिमा पहिले
देवी-देवताहरूको आत्मा थिए,
जसले सत्ययुगमा पार्ट खेले। तिम्रो बुद्धिमा आत्मा र परमात्माको पूरा परिचय छ।
हुन त तिमीले घरी-घरी भुल्छौ, देह-अभिमानमा आउँछौ, पूरा कसैबाट पनि मेहनत हुँदैन। माया यस्तो छ, जसले पुरुषार्थ गर्न
दिदैन। स्वयं पनि अल्छी छन् भने मायाले अझै अल्छी बनाइदिन्छ। विश्वको मालिकले
स्वयं बसेर पढाउनुहुन्छ,
जसमा माता-पिता,
बन्धु-सखा,
गुरु आदि सबै सम्बन्धको तागत आउँछ। यो महिमा हो नै एक निराकार परमात्माको, तर मनुष्यहरूले
बुझेका छैनन्। लक्ष्मी-नारायण आदि सबैका अगाडि गएर महिमा गाइरहन्छन्।
तिमीलाई थाहा छ– हामी आत्माहरूले ८४ जन्मको चक्कर लगाएर आएका छौं।
अहिले यो अन्तिम जन्म हो। यो घरी-घरी बुद्धिमा याद रहनु पर्छ। यो ज्ञान धेरै
रमाइलो छ। यस्ता बेहदका बाबा स्वयं तिमी बच्चाहरू सिवाय अरू कसै सँग पनि
मिल्नुहुन्न। विवेकले पनि भन्छ– परमपिता परमात्माको जो बच्चा बनेको छ उसको खुशीको सीमा
हुँदैन।तर लोभ मोह आदि विकार आउनाले खुशीलाई दबाइदिन्छ। यी विकारहरूले नै सारा
दुनियाँको खुशीलाई दबाइदिएका छन्। तिमीलाई त घरमा बस्दा नै बाबा आएर मिल्नु भएको
छ। यहाँ आउनु भएको छ। तिम्रो पनि भारतवर्ष घर हो नि। तर आउनु हुन्छ त अवश्य एक
घरमा। यस्तो त होइन घर-घरमा आउनुहुन्छ। फेरि त सर्वव्यापी हुनुभयो नि। उहाँ
आउनुहुन्छ भने अवश्य आएर पतितलाई पावन बनाउनुहुन्छ। दुनियाँले त सम्झन्छन् कृष्ण
आउँछन्। तर तिमीलाई थाहा छ–
परमपिता परमात्मा आउनु भएको छ, जो पतित पावन, ज्ञानका सागर हुनुहुन्छ उहाँको नाम वास्तवमा रुद्र
हो। यो सबैभन्दा ठूलो भूल हो। जब यो सम्झन्छन्– उहाँ बेहदका बाबा सारा सृष्टिका रचयिता हुनुहुन्छ
तब खुशीको पारा चढ्छ। यस्ता बाबाबाट त अवश्य वर्सा मिल्छ। कृष्णबाट त वर्सा मिल्न
सक्दैन। यी कुरामा पनि कसैको बुद्धि चल्दैन। दुनियाँ त सारा शूद्र सम्प्रदाय छ।
ब्राह्मण पनि केवल नाम मात्रका छन्। तिमी ब्राह्मणले जब विचार सागर मन्थन गर्छौ, तब अरूलाई पनि परिचय
दिन सक्छौ। कृष्णलाई त सबैले जान्दछन्। केवल कसैले भन्छन् राधा-कृष्ण स्वर्गका
हुन्। कसैले फेरि द्वापरमा पुर्याइदिन्छन्, यो पनि अलमलमा पारिदिएका छन्। ईश्वर त ज्ञानका सागर
हुनुहुन्छ। तिमी ईश्वरीय सम्प्रदायमा नै ज्ञान आउन सक्छ। आसुरी सम्प्रदायमा ज्ञान
कहाँबाट आयो?
गाउँछन् पनि पतित-पावन... तर आफूलाई पतित सम्झदैनन्। स्वर्गलाई त बिलकुल
जानेका छैनन्। केवल नाम मात्र भन्छन्, यो पनि सम्झदैनन् देवताहरू स्वर्गवासी हुन्। तिमीले
जब सम्झाउँछौ अनि आँखा खुल्ने छ। मायाले आँखा नै बन्द गरिदिएको छ। प्राचीन
भारतवर्ष स्वर्ग थियो। लक्ष्मी-नारायणको राज्य थियो यो पनि जानेका छैनन्। हामीले
पनि मान्दैनथ्यौ। यो बुझ्न सक्छन् अन्य धर्म त पछि आएका हुन्। देवताहरूको समयमा यी
धर्म थिएनन्। त्यसैले अवश्य वहाँ सुख नै सुख थियो। बाबाले बच्चाहरूलाई रच्नुहुन्छ
सुखको लागि। यस्तो होइन सुख-दु:ख दुवै दिनुहुन्छ। लौकिक पिताले पनि बच्चा माग्छन्
भने उनीहरूलाई धन सम्पत्ति दिनको लागि, नकि दु:ख दिनको लागि। यो त अहिले हामीले सम्झाउँछौं– द्वापर देखि लिएर
लौकिक पिताले पनि दु:ख दिँदै आएका छन्। सत्ययुग त्रेतामा त दु:ख दिदैनन्। यहाँ
माता-पिताले प्यार त धेरै गर्छन्, तर उनलाई फेरि काम विकारले तल डुबाउँछ। त्यसैले दु:ख आरम्भ
हुन्छ। सत्ययुगमा त यस्तो हुँदैन। वहाँ त दु:खको कुरा हुँदैन। यो बाबाले बसेर
सम्झाउनुहुन्छ। तिमीहरूमा पनि नम्बरवार सम्झन्छन्। तिम्रो यो ज्ञानयोगबाट अपरेशन
भइरहेको छ। तर कसैको सफल हुन्छ, कसैको हुँदैन। जसरी आँखाको अपरेशन गराउँदा कसैको ठीक हुन्छ
कसैमा अलिकति कसर रहन्छ,
कसैको आँखा बिलकुल खराब हुन्छ। तिमीलाई पनि अहिले ज्ञानको तेस्रो नेत्र
मिलिरहेको छ। बुद्धिरूपी नेत्र खुल्यो भने राम्रो पुरुषार्थ गर्न थाल्छन्। कसैको
पूरा खुल्दैन,
धारणा हुँदैन दैवी चलन पनि हुँदैन। मायाको तूफानमा घरी-घरी गिरिरहन्छन्।
एकातर्फ हुनुहुन्छ २१ जन्म सुख दिने उस्ताद, अर्कोतिर छ दु:ख दिने रावण। उसलाई पनि उस्ताद
भनिन्छ। बाबा त भन्नुहुन्छ–
मैले त कसैलाई दु:ख दिन्न। म त सुख दिने सुखदाता (नामीग्रामी) हुँ। सत्ययुग
त्रेतामा सबै सुखी हुन्छन्,
सुख दिने अलग्गै छन्। यो पनि कसैलाई थाहा छैन, रावण राज्य कहिले आरम्भ हुन्छ। आधा कल्प रामराज्य, आधाकल्प रावण राज्य।
यो हो रामराज्य र रावण राज्यको कहानी। तर यो पनि कसैको बुद्धिमा मुश्किलले बस्छ।
कोही त बिलकुल जीर्ण अवस्थामा छन्, जसले कुरा बुझ्दैनन्। जति मनुष्यले पढ्छन् त्यति
गुण पनि आउँछ। आकर्षण रहन्छ। हाम्रो फेरि गुप्त आकर्षण छ। आन्तरिक नारायणी नशा
चढेको छ भने वर्णन पनि गर्छन्, अरूलाई सम्झाउँछन्। यो पढाइ त राजाहरूको राजा बनाउनेवाला
हो। तिनीहरू त राजाहरूको नाम सुनेर रिसाउँछन् किनकि अन्त्यका राजाहरू यस्ता बनेका
थिए। तर यो भुलेका छन्–
आदि सनातन देवी-देवता राजा-रानी थिए। अहिले तिमी फेरि बाबाबाट शक्ति लिएर २१
पीँढी राज्य-भाग्य लेऊ। यो सत्य-नारायणको कथा त प्रख्यात छ। तर विद्वान्, आचार्यले पनि
जान्दैनन्। गीताको कति विज्ञापन बनाएका छन्। लाखौंले सुन्छन्, तर केही पनि
बुझ्दैनन्। अब यी विचाराहरूलाई कसले जगाउने। यो तिमी बच्चाहरूको काम हो। तर धेरै
कम बच्चाहरू छन्,
जसले अरूलाई जगाउन सक्छन्। जो जति आफू समान बनाउँछन् त्यति पद पनि उच्च
पाउँछन्। बाबा भन्नुहुन्छ–
जे हुनु थियो भयो भन्ने सम्झ। ड्रामामा यस्तो थियो। पछिको लागि पुरुषार्थ गर।
आफ्नो चार्ट हेर–
यति समयसम्म के धारण गरें? कोही २५-३० वर्षका छन्। कोही एक महिना, कोही ७ दिनका
बच्चाहरू छन्। तर १५-२० वर्षका भन्दा छलांग लगाइरहेका छन्। आश्चर्य छ नि। या त
भनिन्छ माया प्रबल छ या त ड्रामा भनिदिन्छन्। तर ड्रामा भन्नाले पुरुषार्थ
सेलाउँछ। सम्झन्छन् हाम्रो भाग्यमा छैन।
तिमी सबै भाग्यमानी ताराहरू हौ। तिम्रो तुलना
माथिका ताराहरू सँग गरिन्छ। तिमी सृष्टिका तारा हौ। उनीहरूले त केवल प्रकाश
दिन्छन्। तिमीले त मनुष्यलाई जगाउने सेवा गर्छौ। दु:खीहरूलाई सुखी बनाउँछौ।
मनुष्यले यी ताराहरूको नक्षत्रलाई देवता भन्छन्, सच्चा देवता त तिमी बन्छौ। ती ताराहरूलाई भन्दछन्
किनकि माथि रहन्छन्। तर देवताहरू कुनै माथि रहँदैनन्। यसै सृष्टिमा रहन्छन् तर
मनुष्य भन्दा उच्च अवश्य छन्। सबैलाई सुख दिन्छन्, जसले एक अर्कालाई दु:ख दिन्छन् उनलाई भाग्यमानी
तारा कहाँ भनिन्छ। भाग्यमानी र अभागी यतिबेला हुन्छन्। जसले आफू समान बनाउँछन्
उनलाई भाग्यमानी भनिन्छ। जो केवल सुत्छन् र खान्छन् उनलाई अभागी भनिन्छ।
विद्यालयमा पनि यस्ता हुन्छन्। यो पनि पढाइ हो। बुद्धिबाट काम लिनु पर्छ।
राधा-कृष्णलाई १६ कला भाग्यमानी भनिन्छ। राम-सीता दुई कला कम भए। फेल भए। सबैभन्दा
नम्बरवन भाग्यमानी लक्ष्मी-नारायण हुन्। उनीहरू पनि यस पढाइबाट यस्ता बनेका हुन्।
पुरुषार्थमा कमी गर्नाले अभागी बन्छन्। तिमीलाई त बाबा स्वयं पढाउनुहुन्छ। तिमी
विद्यार्थी नै गोप-गोपिनी हौ। वास्तवमा यी अक्षर सत्ययुगबाट निस्केका हुन्। उहाँ
राजकुमार-राजकुमारीहरू खेलपाल गर्छन् त्यसैले प्रिय नाम गोप-गोपिनी राखिएको हो।
कृष्णको साथमा देखाइन्छ। ठूला भए भने गोप-गोपिनी भनिदैन। हुन्छन् त सबै राजकुमार
नि। कुनै दास-दासी वा बाहिरका गाउँले व्यक्तिहरू सँग त खेल्दैनन्। महलमा
बाहिरकाहरू त आउन सक्दैनन्। कृष्ण बाहिर जमुना आदिमा जाँदैनन्। आफ्नो महल भित्रै
खेल्छन्। भागवतमा त कैयौं फाल्तु कुरा बसेर लेखिएको छ– गाग्रो फुटाए आदि...
हुन त केही पनि होइन। त्यहाँ त ठूलो नियम हुन्छ। त्यसैले बाबाले कति सम्झाउनुहुन्छ, भन्नुहुन्छ– श्रीमतमा चल।
यतिबेला तिमीलाई सुख नै सुख मिल्छ। उहाँको कतिको महिमा छ। सबैको दु:ख हटाएर सबैलाई
सुख दिनुहुन्छ। भन्नुहुन्छ–
म एकलाई याद गर। उहाँ बाबा आएर नपढाउनु भएको भए हामीले के पढ्न सक्थ्यौं? सक्दैनथ्यौं। उहाँ
अति प्रिय बाबा हुनुहुन्छ। सबैभन्दा राम्रो मत दिनुहुन्छ– मनमनाभव। मलाई याद
गर। स्वर्गलाई याद गर,
चक्रलाई याद गर। यसमा सारा ज्ञान आउँछ। उनीहरूले त केवल विष्णुको स्वदर्शन
चक्र देखाउँछन्,
तर अर्थ थाहा छैन। हामी अहिले जान्दछौं शंख हो ज्ञानको, जो निराकार बाबा
दिनुहुन्छ। विष्णुले कहाँ दिन्छन् र। मनुष्यलाई दिन्छन्। जो फेरि देवता अथवा
विष्णु बन्छन्। कति मीठो ज्ञान छ। त्यसैले कति खुशी सँग बाबालाई याद गर्नु पर्छ।
अच्छा!
मीठे-मीठे सिकीलधे ब्राह्मण कुल भूषण स्वदर्शन चक्रधारी
बच्चाहरूप्रति याद-प्यार। तर बच्चाहरू स्वदर्शन चक्र धेरै कमले चलाउँछन्। कोहीले त
बिलकुल घुमाउँदैनन्। बाबा त सधैं भन्नुहुन्छ– स्वदर्शन चक्रधारी बच्चाहरू... यो पनि आशीर्वाद
मिल्छ। अच्छा,
मीठे-मीठे रूहानी बच्चाहरूलाई रूहानी बाबाको नमस्ते। रूहानी बच्चाहरूको रूहानी
बाबालाई गुडमर्निङ्ग,
नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) एक बाबाको मतमा बाबा, शिक्षक, गुरु, बन्धु आदिको सबै मत
समाहित छ, त्यसैले उहाँको मतमा
चल्नु पर्छ। मनुष्य मतमा होइन।
२) जे हुनु थियो भयो भनेर पुरुषार्थमा छलांग लगाउनु
छ। ड्रामा भनेर सेलाउनु हुँदैन। आफू समान बनाउने सेवा गर्नु पर्छ।
वरदान:– अटेन्शन र अभ्यासको
निजी संस्कारद्वारा स्व र सर्वको सेवामा सफलता मूर्त भव
ब्राह्मण आत्माहरूको निजी संस्कार अटेन्शन र अभ्यास
हो। त्यसैले कहिल्यै पनि अटेन्शनको टेन्शन राख्नु हुँदैन। सदा स्व सेवा र अरूको
सेवा साथ-साथै गर। जो स्व सेवालाई छोडेर पर सेवामा लागिरहन्छन् उनलाई सफलता मिल्न
सक्दैन, त्यसैले दुवैको
सन्तुलन राखेर अगाडि बढ। कमजोर नबन। अनेक पटकको निमित्त बनेका विजयी आत्मा हौ।
विजयी आत्माहरूको लागि कुनै मेहनत छैन, मुश्किल छैन।
स्लोगन:– ज्ञानयुक्त दयालु
बन्यौ भने कमजोरीहरू देखि दिलको वैराग्य आउँछ।
No comments:
Post a Comment