“ मीठे बच्चे– यतिबेला रावण पाँच विकारले सबै को सुख सम्पत्ति बाट
कंगाल बनाएको छ‚
तिमी अहिले रावण रूपी दुश्मन लाई जितेर जगतजित बन्छ ौ । ”
उत्तर:– १) तिमीलाई थाहा छ– ड्रामा अनुसार स्वत:
प्रभाव देखिदै जान्छ। फेरि भक्तहरूको भीड लाग्नेछ, त्यतिबेला सेवा हुन सक्दैन। २) बाबाका जुन बच्चाहरू
अर्को धर्ममा परिवर्तन भएका छन्, तिनीहरू निस्किँदै आउँछन्। त्यसैले तिम्रो विचार धेरै उच्च
रहन्छ− कहीँबाट कोही निस्कुन्, जसले बच्चा बनेर बेहदको बाबाद्वारा वर्सा लिऊन्। तिमीलाई यो
ख्याल हुँदैन–
कोही निस्कुन् जसले पैसा दिऊन्। शिवबाबाले पढाउनुहुन्छ, यो निश्चय बसोस् र
बाबाबाट वर्सा लिनको लागि भागून्।
गीत:– ले लो दुआयें माँ
बाप की...
ओम् शान्ति । सेवालाई सर्भिस पनि भनिन्छ। पहिला
मातापिताले सेवा
गर्नुहुन्छ। अहिले हेर यथार्थमा गरिरहनु भएको छ नि। अहिले देखि नै सबै नियम कानून
परमपिता परमात्मा आएर स्थापना गर्नुहुन्छ। तिमी बच्चाहरू आउँछौ‚ मम्मा-बाबा भन्छौ।
मम्मा-बाबाले पनि तिम्रो सेवा गर्नुहुन्छ। हदका माता-पिताले पनि बच्चाहरूको सेवा
गर्छन्। माता‚
पिता‚ गुरु– ती सबै हुन् लौकिक‚ यहाँ हुनुहुन्छ
पारलौकिक। लौकिकलाई त सबैले चिन्दछन्। वास्तवमा पिताले जन्म दिन्छन्। शिक्षकले
पढाउँछन् अर्थात् शिक्षा दिन्छन्। फेरि वानप्रस्थमा गुरु बनाइन्छ। यो रसमरिवाज कहिले देखि
सुरु भयो? अहिले देखि नै यो
आरम्म हुन्छ। यतिबेला नै सतगुरु आउनुहुन्छ‚ सम्झाउनुहुन्छ– म तिम्रो पिता पनि हुँ‚ शिक्षक पनि हुँ सतगुरु
पनि हुँ। बाबाका बच्चा त बनेका छौ। शिक्षकका रूपमा उहाँबाट शिक्षा पाइरहेका छौ।
अन्त्यमा सतगुरु बनेर तिमीलाई सत्यखण्डमा लैजान्छु। तिनै काम यथार्थमा गर्छु। तिमी
बच्चाहरूले मातापिता भन्छौ भने
बाबाले पनि स्वीकार गर्नुहुन्छ। यो कुरा त जान्दछौ– सबै बच्चाहरू समान सपूत हुन सक्दैनन्। यहाँ पनि
बेहदका बाबा भन्नुहुन्छ–
सबै बच्चा सपूत छैनन्। यो कुरा त तिमीलाई पनि थाहा छ। अहिले छ रावण राज्य। यो
कुरा कुनै विद्वान्‚
पण्डित आदिलाई थाहा छैन। जब कोही आउँछन्, पहिला उनी सँग सोध– तपाईंले के चाहनुहुन्छ? फेरि कसैले शान्ति
चाहन्छन् त्यसैले गुरु खोजिरहन्छन्। सत्ययुगमा त कसैले गुरु आदि खोज्दैनन् किनकि
वहाँ दुख नै हुँदैन। वहाँ कुनै अप्राप्त वस्तु हुँदैन। यहाँ त कुनै न कुनै वस्तुको
चाहना राखेर गुरुको पासमा जान्छन्। कसैको कुरा सुन्छन् उनको मनोकामना पूरा भयो भने
स्वयं पनि उसको पछाडि लाग्छन्। संन्यासी पवित्र बन्छन् त्यसैले उनीहरूको महिमा त
बढ्नु नै छ। धेरै शिष्य बन्छन्। विवेकले पनि भन्छ– जो पवित्र बन्छन्‚ उनीहरूको महिमा वास्तवमा बाबाले गराउनुहुन्छ। तिमी
पवित्र बन्छौ त्यसैले तिम्रो कति महिमा हुन्छ। तिमीद्वारा मनुष्यको २१ जन्मको लागि
कल्याण हुन्छ। सबै मनोकामना २१ जन्मको लागि पूरा हुन्छन्। यो कुरा तिमीलाई नै थाहा
छ‚ दुनियाँमा यो कुरा
पनि कसैलाई थाहा छैन–
परमात्मा कहिले आउनुहुन्छ‚ जगत् अम्बा को हुन्‚ जसद्वारा हाम्रो सबै मनोकामना पूरा हुन्छन्। अहिले
सबै घोर अन्धकारमा छन्। यथा राजा-रानी तथा प्रजा.... पहिला थोरै अन्धकार हुन्छ
फेरि कलियुगमा घोर अन्धकार हुन्छ। मायाको राज्यलाई घोर अन्धकार भनिन्छ। बाबा
भन्नुहुन्छ–
सबैभन्दा ठूलो दुश्मन पनि माया रूपी ५ विकार हुन्। तिमीलाई थाहा छ– यतिबेला माया रावणले
सीताहरूलाई हरण गर्यो अर्थात् आफ्नो जंजीरमा कैद गर्यो। बाबा आउनुहुन्छ यो
सबैभन्दा ठूलो दुश्मनबाट मुक्त गर्न। यो कुरा पनि कसैलाई थाहा छैन। भारतवर्ष जो
त्यति मालामाल थियो‚
त्यसलाई यति कंगाल कसले बनायो? यही रावण ठूलो दुश्मन हो। यसको प्रवेशताका कारण नै
यो हालत भएको हो। भनिन्छ पनि– तिमी भित्र क्रोधको भूत छ। तर मनुष्यले जान्दैनन् ५
विकारहरूलाई भूत भनिन्छ। यी भूत अर्थात् रावण नै सबैभन्दा ठूलो दुश्मन हो। यस्तो
होइन मुसलमानहरू वा क्रिश्चियनहरूले भारतवर्षलाई कंगाल बनाए। होइन‚ यस रावणले सबैको
सुख-सम्पत्तिबाट कंगाल बनाएको छ। यो कुरा कसैलाई थाहा छैन। अहिले संन्यास धर्मको
१५०० वर्ष भएको छ। उनीहरूको संख्या धेरै वृद्धि भएको छ। वृद्धि हुँदा-हुँदा अहिले
आएर जीर्ण अवस्थामा पुगेको छ। अहिले तिम्रो त सतोप्रधान नयाँ वृक्ष हो।
तिमीले अहिले रावण सँग युद्ध गरिरहेका छौ। गीतामा
रावणको नाम छैन। उनीहरूले फेरि हिंसक युद्ध देखाइदिएका छन्। बाबा भन्नुहुन्छ– तिमी यी ५ विकार
रूपी रावणलाई जितेर जगतजित बन्छौ। अन्य सबै धर्महरू त वापस जानु पर्छ किनकि
सत्ययुगमा त हुन्छ नै एक धर्म‚ एक राज्य। जसले कल्प पहिला लिएका थिए‚ जो सूर्यवंशी बनेका
थिए, उनैले सतोप्रधान
नम्बरवन राज्य गर्नेछन्। सत्ययुगमा थियो नै एक धर्म। फेरि पुनर्जन्म लिँदा-लिँदा
अहिले त धेरै वृद्धि भएको छ। जसरी अरू धर्ममा पनि अनेक प्रकारको वृद्धि भएको छ।
त्यस्तै यसमा पनि ब्रह्म समाजी‚ आर्य समाजी‚ संन्यासी आदि कति छन्‚ अचम्म छ। हुन त सबै
हिन्दूहरू एक आदि सनातन देवीदेवता धर्मका हुन् नि। वंशवृक्ष त माथि देखि त्यही चलेर
आउँछ नि। भारतखण्ड हो सत्यखण्ड‚ जहाँ बाबा आएर देवीदेवता धर्ममा ट्रान्सफर गर्नुहुन्छ। यो कुरा
तिमीलाई थाहा छ। पहिला ७ दिन भट्ठीमा राखेर शूद्रबाट ब्राह्मण बनाउनु पर्छ।
संन्यासीहरूलाई त वैराग्य आउँछ‚ अनि जंगलमा जान्छन्। उनीहरूको मार्ग नै अलग छ। घरबार छोडेर
जान्छन्। उनीहरूलाई कुनै मेहनत हुँदैन। हो‚ मनसामा त संकल्प आउँछ। काम विकारबाट त छुटि नै
हाल्छन्। बाँकी क्रोध आउँछ‚
त्यसमा पनि नम्बरवार त हुन्छन् नि। कोही उत्तम‚ कोही मध्यम‚ कोही कनिष्ठ‚ कोही त एकदमै फोहोरी पनि हुन्छन्। सत्ययुगमा पनि
हुन त सबै सुखी हुन्छन् तर नम्बरवार पद त हुन्छ नि। सूर्यवंशी राजा-रानी‚ प्रजा‚ चन्द्रवंशी
राजा-रानी‚ प्रजा... उत्तम‚ मध्यम‚ कनिष्ठ त हुन्छन्।
यो पनि सबै धर्ममा हुन्छ। बाबा बसेर सबै रहस्य सम्झाउनुहुन्छ। यस मार्गमा कठिनाई
धेरै छ‚ संन्यास मार्गमा यति
हुँदैन। उनीहरूको त वैराग्य आयो‚ संन्यास लिए, सकियो। कोही-कोही फेल हुन्छन्। बाँकी जो पक्का
हुन्छन्, उनीहरूलाई वापस आउन
मुश्किल हुन्छ। यहाँ त छ–
गृहस्थ व्यवहारमा बसेरै पवित्र रहनु। बाबा सम्झाउनु हुन्छ– बहादुर उनै हुन्, जो दुवै सँग-सँगै
बसून् र बीचमा ज्ञान योगको तरवार होस्। यस्तो एक कथा पनि छ, उसले भन्यो– घडा शिरमा राख तर
तिम्रो अंग,
मेरो अंग सँग नछोइयोस् अर्थात् विकारको भावना नहोस्। उनीहरूले फेरि शरीर
सम्झेका छन्। कुरा सारा विकारको हो अर्थात् नंगन हुनु हुँदैन। काम अग्निमा जल्नु
हुँदैन। लक्ष्य उच्च छ भने प्राप्ति पनि धेरै महान् छ। संन्यासी पवित्र बन्छन्
त्यसैले उनीहरूलाई पनि कति प्राप्ति हुन्छ। ठूलाठूला महामण्डलेश्वर बनेर बसेका छन्‚ महलहरूमा रहन्छन्।
धेरै मानिसहरू गएर पैसा राख्छन्। चरण धोएर पिउँछन्‚ धेरै महिमा हुन्छ। तर नम्बरवन महिमा हो ईश्वरको।
उहाँ नै स्वर्गका रचयिता हुनुहुन्छ। त्यहाँ मायाको नाम निशान हुँदैन। संन्यासीले
पनि यो जानेका छैनन्–
माया ५ विकार हुन्‚
केवल पवित्र रहन्छन्। उनीहरूको ड्रामामा यही पार्ट छ। उनीहरूको हो नै हठयोग
संन्यास। तिम्रो हो राजयोग संन्यास। उनीहरूले त राजयोग सिकाउन सक्दैनन्। ती हुन्
शंकराचार्य‚
यहाँ हुनुहुन्छ शिवाचार्य। तिमीले पनि परिचय दिन्छौ हामीलाई भगवान् आएर
पढाउनुहुन्छ। उहाँले त स्वर्गको मालिक बनाउनुहुन्छ। नर्कको त बनाउनुहुन्न। उहाँ
रचयिता नै स्वर्गको हुनुहुन्छ। त्यसैले गृहस्थ व्यवहारमा रहेर पवित्र रहनु− यसैमा
मेहनत छ। कन्याहरूलाई विवाह नगरी बस्न दिँदैनन्। पहिला विकारको लागि विवाह गर्थे।
अहिले विकारी विवाहलाई रद्द गरेर ज्ञान चितामा बसेर पवित्र जोडा बन्छन्। त्यसैले
आफ्नो जाँच गर्नु पर्छ–
मायाले कहीँ चलायमान त बनाउँदैन? मनमा तूफान त आउँदैन? आउन त मनमा संकल्प आउँछन् तर कर्मेन्द्रियहरूबाट
विकर्म कहिल्यै नगर। भाइबहिनी सम्झेमा‚ ज्ञान चितामा रहेमा
काम अग्नि लाग्दैन। यदि आगो लाग्यो भने अधोगति पाउँछन्। हुन त सारा दुनियाँ भाइ‚ बहिनी हुन्। तर जब
बाबा आउनुहुन्छ अनि हामी उहाँका बन्छौं। अहिले तिमी यथार्थमा ब्रह्मा मुख वंशावली
हौ‚ तिम्रो यादगार पनि
यहाँ छ। अधरकुमारीको मन्दिर पनि छ नि। जो काम चिताबाट उत्रेर ज्ञान चितामा बस्छन्– उनलाई अधरकुमारी
भनिन्छ। तिमीले संन्यासीहरूलाई पनि सम्झाउन सक्छौ। तर कसै सँग फाल्तु मेहनत गर्नु
पर्दैन। पात्र जिज्ञासु भयो भने उसले एक्लै आएर प्रेमले बुझ्दछ। कोही हाँसो
उडाउनको लागि पनि आउँछन् त्यसैले लक्षण हेरेर त्यस्तै दवाई दिनु पर्छ। बाबाले
भन्नु भएको छ–
पात्रलाई दान दिनु पर्छ।
आजकल दुनियाँ धेरै खराब छ। संन्यासीहरूले त कफनी
पहिरिन्छन् र गएर अलग बस्छन्। केही न केही मिल्छ। मजा सँग खाएर पिएर रहन्छन्। आजकल
उनीहरूको प्रभाव छ नि। तिमीहरूमा पनि जसले राम्रो सेवा गर्छन्, उनीहरूको महिमाबाट
अरूको पनि महिमा निस्कन्छ। कुनै बच्चाले राम्रो सेवा गरे भने सबैले भन्दछन् यिनका
माता-पिता पनि यस्तै होलान्। वास्तवा मेहनत गर्नु पर्छ। संन्यासीहरूलाई त घरै बसेर
वैराग्य आउँछ अनि हरिद्वार जान्छन्। त्यहाँ कसैलाई गुरु बनाउँछन्। यहाँको
रसम-रिवाज नै भिन्न छ। यसको कहीँ वर्णन छैन। गीतालाई नै झुटो बनाइदिएका छन्। यो
पहिलो कुरा खुल्यो भने सबै बी.के. प्रख्यात हुन्थे। सबै तिमीहरूमाथि बलिहार
जान्थे। प्रभाव निस्कनु त पर्छ नि। अहिले धेरैले तिम्रो सामना गर्छन्। पहिला त
घरकै दुश्मन बन्छन्। यी बाबाका पनि कति दुश्मन बने। कृष्णको लागि पनि भन्छन् नि – भगाउँथे। कति कलंक
लगाएका छन्। यो पनि ड्रामामा निश्चित छ। ड्रामा अनुसार स्वाभाविक रूपमा प्रभाव
निस्किँदै जान्छ। फेरि आएर भक्तहरूको भीड हुन्छ। तर भीडमा फेरि सेवा हुन सक्दैन।
संन्यासीहरूको पासमा भीड भयो भने उनीहरू खुशी हुन्छन्। यहाँ तिमीलाई थाहा छ– करोडौंमा कोही
निस्कन्छन्। संन्यासीले त यही सोच्छन् यिनीहरूबाट कोही निस्कुन् जसले पैसा
दिनेछन्। तिम्रो विचार चल्छ– यिनीहरूबाट कोही निस्कियुन् जो बच्चा बनेर वर्सा लिऊन्।
त्यसैले कति फरक छ। तिमीले भाषण गर्यौ भने जो आफ्ना बच्चाहरू अरू धर्ममा परिवर्तन
भएका छन्, उनीहरू निस्कन्छन्।
कोही आर्य समाजबाट‚
कोही कहाँबाट निस्केर आउँछन्। त्यसैले जब फेरि मानिसहरूले सुन्छन् यी हाम्रो
धर्मकाहरू ब्रह्माकुमारब्रह्माकुमारीको
पासमा भागेर गए। सम्झन्छन्–
हाम्रो नाक काटियो। यसमा बुझाउने धेरै युक्ति चाहिन्छ। पहिला त बाबाको परिचय
दिनु पर्छ। हुन त कसैले लेखेर पनि दिन्छन्। अवश्य शिवबाबाले पढाउनुहुन्छ तर
त्यसैमा खुशी हुनु हुँदैन। निश्चय बिल्कुलै बसेको हुँदैन। लेख्न त कति बच्चाहरूले
पत्र पनि लेख्छन्। तर बाबाले लेखिदिनुहुन्छ– तिमीलाई बिल्कुलै निश्चय छैन। निश्चय भयो‚ परमप्रिय बाबाद्वारा
वर्सा मिल्छ फेरि त एक सेकेन्ड पनि रोकिदैनन्। विवेकले भन्छ गरिब तुरुन्तै
दौडन्छन्। धनवान कुनै विरलै निस्कन्छन्। साधारण केही निस्केलान्। जो आए पनि भन– यो राजयोगको पाठशाला
हो। जस्तो डाक्टरी योग,
त्यस्तै यो राजयोग हो‚
जसबाट राजाहरूको राजा बन्नु पर्छ। हाम्रो लक्ष्यउद्देश्य हो नै
मनुष्यबाट देवता बन्नु। अच्छा!
बापदादाका मीठे-मीठे सिकीलधे बच्चाहरूलाई नम्बरवार
पुरुषार्थ अनुसार याद-प्यार। दिलमा उनीहरू चढ्छन् जसले पुरुषार्थ गरेर आफू समान
बनाउँछन्। बाँकी बाबाले सबैलाई प्यार त गर्नुहुन्छ नै। अच्छा!
रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी
बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग‚ नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) कर्मेन्द्रियहरूद्वारा कुनै पनि विकर्म गर्नु
हुँदैन। ज्ञान र योगबलद्वारा मनका तूफान माथि विजय प्राप्त गर्नु छ।
२) सेवा यस्तो गर्नुपर्छ, जसद्वारा मातापिताको नाम प्रसिद्ध
होस्। सबैको आशीर्वाद मिलिरहोस्।
वरदान:– दिव्य बुद्धि को
बलद्वारा परमात्म टचिंगको अनुभव गर्ने मास्टर सर्वशक्तिमान ् भव
दिव्य बुद्धिलाई बुद्धिबल भनिन्छ। यस
बुद्धिबलद्वारा नै बाबाद्वारा सर्वशक्तिहरू ग्रहण गरेर मास्टर सर्वशक्तिमान्
बन्छौ। जसरी विज्ञान बुद्धिबल हो तर त्यो संसारी बुद्धि हो। त्यसैले यस संसार
प्रति प्रकृति प्रति मात्रै सोच्न सक्छन्। तिमी सँग दिव्य बुद्धिको बल छ, जसले परमात्म
प्राप्तिको अनुभूति गराउँछ। दिव्य बुद्धिको बलद्वारा हरेक कर्ममा परमात्म पवित्र
टचिंगको अनुभव गरेर सफलताको अनुभव गर्न सक्छौ। दिव्य बुद्धिको बलद्वारा मायाको
आक्रमणलाई हार खुवाउन सक्छौ।
स्लोगन:– मास्टर ज्ञान सूर्य
बनेर सबैलाई ज्ञानको लाइट माइट दिने नै सच्चा सेवाधारी हो।
No comments:
Post a Comment