“ मीठे बच्चे – तिमी ईश्वरीय परिवार का हौ , ईश्वरीय परिवारको नियम हो भाइ - भाइ भएर रहनु र ब्राह्मण कुलको नियम हो भाइ - बहिनी भएर रहनु । त्यसैले विकारको दृष्टि हुन सक्दैन । ”
प्रश्न:– यो संगमयुग कल्याणकारी युग हो, कसरी?
उत्तर:– यतिबेला बाबा आफ्ना प्यारा बच्चाहरूको सम्मुख आउनुहुन्छ। बाबा, टिचर, सतगुरुको पार्ट अहिले नै चल्छ। यही कल्याणकारी समय हो। बाबाको श्रीमत, जसले नर्कलाई स्वर्ग बनाउँछ वा सबैलाई सद्गति दिन्छ, तिमी बच्चाहरूले त्यस श्रीमतलाई जान्दछौ र त्यसैमा चल्छौ।
प्रश्नः – तिम्रो संन्यास सतोप्रधान संन्यास हो, कसरी?
उत्तरः – तिमीले बुद्धि द्वारा यो सारा पुरानो दुनियाँलाई बिर्सिन्छौ। तिमीले यस संन्यास द्वारा केवल बाबालाई र वर्सालाई याद गर्छौ, पवित्र बन्छौ अनि परहेज राख्छौ जसबाट देवता बन्छौ। उनीहरूको संन्यास हदको हो, बेहदको होइन।
गीतः – भोलेनाथ से निराला...
ओम् शान्ति । पहिला सुरुमा बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। ५ हजार वर्ष पहिला पनि बाबाले भन्नु भएको थियो मनमनाभव। देहका सम्बन्ध सबै छोडेर आफूलाई आत्मा सम्झ। सबैले आफूलाई आत्मा सम्झन्छौ? आफूलाई कसैले परमात्मा त सम्झदैनौ? गायन पनि गर्छन्– पाप आत्मा, पुण्य आत्मा, महान् आत्मा। महान् परमात्मा भनिदैन। आत्मा पवित्र बन्यो भने शरीर पनि पवित्र मिल्छ। विकार आत्मामा नै पर्छ। बाबाले बसेर बच्चाहरूलाई युक्तिले सम्झाउनुहुन्छ। यो त अवश्य हो– हामी आत्मा रूपमा सबै भाइ-भाइ हौं अनि शरीरको सम्बन्धमा आयौं भने भाइ बहिनी हौं। अहिले कति युगलहरू बसेका छन्, उनलाई भाइ बहिनी सम्झ भनेमा रिसाउँछन्। तर यो नियम सम्झाइन्छ– हामी सबै आत्माहरूका पिता एक हुनुहुन्छ, त्यसैले भाइ-भाइ भयौं। फेरि मनुष्य तनमा आएपछि प्रजापिता ब्रह्मा द्वारा रचना रच्नुहुन्छ। त्यसैले अवश्य उनका मुख वंशावली आपसमा भाइ-बहिनी भए। सबैले भन्दछन् पनि परमपिता परम आत्मा। बाबा हुनुहुन्छ नै स्वर्गका रचयिता। हामी उहाँका बच्चाहरू हौं भने किन हामी स्वर्गको मालिक नबन्ने! तर स्वर्ग त हुन्छ नै सत्ययुगमा। यस्तो होइन बाबाले कुनै नयाँ सृष्टि रचना गर्नुहुन्छ। बाबा त आएर पुरानोलाई नयाँ बनाउनुहुन्छ अर्थात् यस विश्वलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले बाबा अवश्य यहाँ आउनु भएको छ। हामीलाई स्वर्गको वर्सा दिनु भएको छ। त्यसको यादगार सोमनाथको मन्दिर सबैभन्दा ठूलो बनाएका छन्। अवश्य यहाँ एक देवी-देवता धर्म थियो, अरू कुनै धर्म थिएन, अरू सबै धर्म पछि वृद्धि भएका हुन्। बाँकी सबै आत्माहरू निर्वाणधाममा बाबाको साथमा नै रहन्छन्। देवताहरू जीवनमुक्तिमा थिए। सूर्यवंशी घरानामा थिए। अहिले जीवनबन्धनमा छन्। जनकको पनि उदाहरण छ, उनलाई सेकेण्डमा जीवनमुक्ति मिल्यो। जीवनमुक्त सारा स्वर्गलाई भनिन्छ। फेरि जसले जति मेहनत गर्यो, त्यस्तै पद पाउँछन्। जीवनमुक्त त सबैलाई भनिन्छ। त्यसैले मुक्ति जीवनमुक्ति दाता एक सतगुरु हुनुपर्छ। तर यो कसैलाई पनि थाहा छैन। अहिले त सबै मायाको बन्धनमा छन्। भनिन्छ– ईश्वरको गति मत न्यारी... उहाँको हो श्रीमत। उहाँ आउनुहुन्छ अवश्य। अन्त्यमा सबैले भन्नेछन्– अहो प्रभु! तिमीले अहिले भनिरहेका छौ– अहो प्रभु! यस नर्कलाई स्वर्ग बनाउने हजुरको गति धेरै भिन्न छ। तिमीलाई थाहा छ– हामीले फेरि सहज राजयोग सिकिरहेका छौं। कल्प पहिला पनि संगममा नै सिकाउनु भएको थियो। बाबा स्वयं भन्नुहुन्छ– प्यारा बच्चाहरू! म तिमी बच्चाहरूकै सम्मुख आउँछु। उहाँ परमपिता पनि हुनुहुन्छ, अनि परम शिक्षक पनि हुनुहुन्छ। ज्ञान दिनुहुन्छ, अरू कसैले पनि यस सृष्टिचक्रको ज्ञान दिन सक्दैनन्। यस सृष्टिचक्रको आदि-मध्य-अन्त्य वा विश्वको इतिहास-भूगोल कसैले पनि जान्दैन। परमपिता परमात्माले स्थापना र विनाशको कार्य कसरी गराउनुहुन्छ, यो कुरा कसैलाई पनि थाहा छैन। तिमी बच्चाहरूलाई अहिले थाहा छ। मनुष्य से देवता किये... यो महिमा उहाँको हो। मूत पलीती कपड धोए... अब हरेकले आफूसँग सोध– म विकारी हुँ वा पवित्र हुँ? अकाल तख्त हो नि। अकालमूर्त उहाँको तख्त कहाँ छ? त्यो त अवश्य परमधाम अथवा ब्रह्म महतत्त्व हो। हामी आत्माहरू पनि त्यहाँ रहन्छौं। त्यसलाई पनि अकालतख्त भनिन्छ। वहाँ कोही आउन सक्दैन। त्यस स्वीट होममा हामी रहन्छौं, बाबा पनि वहाँ नै रहनुहुन्छ। बाँकी त्यहाँ रहनको लागि कुनै तख्त वा कुर्सी आदि हुँदैनन्। वहाँ त अशरीरी हुन्छन् नि। त्यसैले सम्झाउनुपर्छ सेकेण्डमा जीवनमुक्ति मिल्छ अथवा लायक बन्छन्।
बाबा भन्नुहुन्छ– शिवबाबालाई याद गर, विष्णुपुरीलाई याद गर। अहिले तिमी ब्रह्मापुरीमा बसेका छौ। ब्रह्माका सन्तान हौ र शिवबाबाका बच्चा पनि हौ। यदि आफूलाई भाइ-बहिनी सम्झिँदैनौ भने काम विकारमा जान्छौ। यो हो ईश्वरीय परिवार। सम्मुख तिमी बसेका छौ, दादा पनि हुनुहुन्छ, बाबा पनि हुनुहुन्छ। तिमी उहाँका बच्चा हौ त्यसैले तिमी भयौ शिवबाबाका ब्रह्मा द्वारा सन्तान। शिवका नाति-नातिना भयौ। फेरि मनुष्य तनमा भएपछि बहिनी-भाइ भयौ। यतिबेला तिमी यथार्थमा भाइ-बहिनी हौ। यो ब्राह्मणहरूको कुल हो। यो बुद्धि द्वारा बुझ्ने कुरा हो। जीवनमुक्ति पनि सेकेण्डमा मिल्छ। बाँकी पद त धेरै हुन्छन्। वहाँ दुःख दिनेवाला माया त हुँदैन। यस्तो पनि होइन सत्ययुग देखि लिएर कलियुगसम्म रावणलाई जलाइरहन्छन्। जुन भन्छन् परम्परा देखि जलाउँदै आउँछन्, यो असम्भव छ। स्वर्गमा असुर कहाँबाट आए? बाबाले भन्नुभयो– यो आसुरी सम्प्रदाय हो। फेरि तिनको नाम राखिदिएका छन् अकासुर-बकासुर। भन्दछन्– कृष्णले गाइ चराए, यो पनि पार्ट चलेको छ, शिवबाबाका गाई तिमी भयौ नि। शिवबाबाले सबैलाई ज्ञान घाँस खुवाउनुहुन्छ। घाँस खुवाउनेवाला, पालना गर्नेवाला उहाँ हुनुहुन्छ।
मनुष्यहरू मन्दिरमा गएर देवताहरूको महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, हामी नीच पापी... हौं। आफूलाई देवता भन्न सक्दैनन्, हिन्दु भनिदिन्छन्। वास्तविक नाम हो भारतवर्ष। गीता पनि छ– यदा यदा हि धर्मस्य... गीतामा हिन्दुस्तान त भनिएको छैन। यो हो भगवानुवाच। भगवान् एक निराकार हुनुहुन्छ जसलाई सबैले जान्दछन्। स्वर्गमा हुन्छन् सबै दैवी गुण भएका मनुष्यहरू। उनीहरूले नै ८४ जन्म लिनुपर्छ। अवश्य नर्कबाट स्वर्गमा आउँछन्। आफैं पूज्य आफैं पुजारी। त्यसको पनि अर्थ होला नि। नम्बरवन पूज्य श्रीकृष्ण हुन्। बाल अवस्थालाई सतोप्रधान भनिन्छ। किशोर अवस्थालाई सतो, युवा हो रजो, वृद्ध हो तमो। सृष्टि पनि सतो रजो तमो हुन्छ। कलियुग पछि फेरि सत्ययुग आउनुपर्छ। बाबा आउनुहुन्छ नै संगममा। यो हो अत्यन्तै कल्याणकारी युग। यस्तो युग कुनै हुन सक्दैन। सत्ययुगबाट त्रेतामा आयो, त्यसलाई कल्याणकारी भनिदैन किनकि दुई कला कम भयो। त्यसलाई कल्याणकारी युग कसरी भन्ने? फेरि द्वापरमा आएपछि कला अझै कम हुँदै जान्छ। त्यसैले यो कल्याणकारी युग रहेन। कल्याणकारी यो संगम युग हो, जब बाबाले सबैलाई सद्गति दिनुहुन्छ। अहिले तिमीले स्वर्गको लागि पुरुषार्थ गरिरहेका छौ। बाबा भन्नुहुन्छ– यो देवी-देवता धर्म नै सुख दिनेवाला हो। तिमीले आफ्नो धर्मलाई बिर्सिएका छौ त्यसैले अरू अरू धर्ममा घुस्छौ। वास्तवमा तिम्रो धर्म सबैभन्दा उच्च हो। अहिले फेरि तिमीले त्यही राजयोग सिकिरहेका छौ त्यसैले श्रीमतमा चल्नु पर्छ। बाँकी सबै छन् आसुरी मतमा। सबैमा ५ विकार छन्, त्यसमा पनि पहिला हो अशुद्ध अहंकार। बाबा भन्नुहुन्छ– देह-अहंकारलाई छोडेर देही-अभिमानी बन, अशरीरी बन। तिमीले म पितालाई बिर्सिएका छौ। यो पनि भुल-भुलैयाको खेल हो। कतिले फेरि भन्छन्– तल गिर्नु नै छ भने फेरि पुरुषार्थ किन गर्ने? अरे पुरुषार्थ गर्दैनौ भने स्वर्गको राजाई कसरी मिल्छ? ड्रामालाई पनि जान्नु पर्छ। यो एकै सृष्टि हो, जसको चक्र घुम्छ। सत्ययुग आदि सत हो। हैं भी सत, होसी भी सत... । भन्दछन्– विश्वको इतिहास भूगोल दोहोरिन्छ। अब कहिले सुरु हुन्छ? कसरी दोहोरिन्छ? त्यसको लागि तिमीले पुरुषार्थ गर्छौ। बाबा भन्नुहुन्छ– फेरि तिमीलाई राजयोग सिकाउन आएको छु। तिमीले पनि सिक्छौ। राजाई स्थापना हुन्छ। यादव कौरव समाप्त भएर जयजयकार हुन्छ। फेरि मुक्ति जीवनमुक्तिको ढोका खुल्छ। नत्र त्यतिबेला सम्म मार्ग बन्द हुन्छ। जब लडाईं लाग्छ, तब ढोका खुल्छ। बाबा आएर गाइड बनेर लैजानुहुन्छ। मुक्तिदाता पनि हुनुहुन्छ। मायाको फन्दाबाट छुटाउनु हुन्छ। गुरुहरूको जंजीरमा धेरै फँसेका छन्। धेरै डराउँछन्– कहीँ गुरुको आज्ञा मानिएन भने श्राप मिल्न सक्छ। अरे आज्ञा त तिमीले कहाँ मान्छौ र। उनीहरू निर्विकारी पवित्र अनि तिमी विकारी अपवित्र। गुरुमा मनुष्यको कति भावना हुन्छ। के गर्दैछु, केही पनि थाहा हुँदैन। भक्तिमार्गको प्रभाव हो। अब तिमी समझदार सज्जन बनेका छौ। तिमीलाई थाहा छ– ब्रह्मा, विष्णु, शंकर हुन् सूक्ष्मवतनवासी। त्यसमा पनि ब्रह्मा सो विष्णुको पार्ट यहाँ छ। शंकरलाई यहाँ आउने आवश्यकता छैन। यहाँ छन् जगदम्बा, जगत्पिता अनि तिमी बच्चाहरू। फेरि यतिका भुजा भएकी देवी आदि कति बनाउँछन्। अथाह चित्र छन्। यी सबै चित्र हुन् भक्ति मार्गको लागि। मनुष्य त मनुष्य नै हुन्। राधा-कृष्ण आदिलाई पनि ४ भुजा दिएका छन्। दीपावलीमा महालक्ष्मीको पूजा गर्छन्। त्यो हो २ भुजा लक्ष्मीको र २ भुजा नारायणको। यसैले दुवैको पूजा हुन्छ, कम्बाइन्ड रूपमा। यो प्रवृत्ति मार्ग हो, अरू केही होइन। कालीको जिभ्रो कस्तो देखाउँछन्। कृष्णलाई पनि कालो बनाइदिएका छन्। वाममार्गमा जानाले काली हुन्छिन्। फेरि ज्ञान चितामा बस्नाले गोरी बन्छिन्। जगदम्बा यस्ती मीठी मम्मा सबैको मनोकामना पूर्ण गर्नेवाली, उनको मूर्तिलाई पनि कालो बनाइदिएका छन्। कति देवीहरू बनाउँछन्। पूजा गरेर समुद्रमा डुबाइदिन्छन्। त्यसैले यो गुडियाको पूजा भयो नि। बाबा भन्नुहुन्छ– यो सबै ड्रामामा निश्चित छ, फेरि पनि हुन्छ। भक्तिमार्गको धेरै विस्तार छ। कति मन्दिर, कति चित्र, शास्त्र आदि छन्। कुरै नसोध। वेस्ट अफ टाइम... वेस्ट अफ मनि... यतिबेला मनुष्य बिल्कुलै तुच्छ बुद्धि छन्। कौडी जस्तै बन्छन्। बाबा भन्नुहुन्छ– अब भक्तिमार्गको धक्का धेरै खायौ। अब बाबाले तिमीलाई यस झंझटबाट छुटाइदिनुहुन्छ। केवल बाबा अनि वर्सालाई याद गर। पवित्र पनि अवश्य बन्नु पर्छ। परहेज पनि गर्नुपर्छ। नत्र त जस्तो अन्न, त्यस्तै मन हुन्छ। संन्यासीहरूले पनि गृहस्थहरूको पास जन्म लिनु पर्छ। त्यो हो रजोप्रधान संन्यास। यो हो सतोप्रधान संन्यास। तिमीले पुरानो दुनियाँको संन्यास गर्छौ। त्यस संन्यासमा पनि कति बल छ। राष्ट्रपतिले पनि गुरुहरूका अगाडि शिर निहुराउँछन्। भारतवर्ष पवित्र थियो। यसको महिमा गायन गरिन्छ। देवताहरू सर्वगुण सम्पन्न थिए। अहिले त तिमी सम्पूर्ण विकारी छन्। देवताहरूको मन्दिरमा जान्छन् भने अवश्य त्यस धर्मको हुनुपर्छ नि। गुरुनानकको मन्दिरमा जान्छन् भने अवश्य सिक्ख धर्मका हुन्छन् नि। तर यिनीहरू सबैले आफूलाई देवता धर्मको भन्न सक्दैनन् किनकि पवित्र छैनन्।
अहिले बाबा भन्नुहुन्छ– फेरि म शिवालय बनाउन आएको छु। स्वर्गमा केवल देवी-देवताहरू रहन्छन्। यो ज्ञान फेरि प्रायः लोप हुन्छ। गीता रामायण आदि सबै समाप्त हुनु छ। ड्रामा अनुसार आफ्नो समयमा फेरि निस्कनेछन्। बुझ्नु पर्ने कति कुरा छन्। यो पाठशाला हो नै मनुष्यबाट देवता बन्ने। तर मनुष्यले मनुष्यलाई सद्गति कदाचित गर्न सक्दैन। अल्पकालको सुख त सबैले एक अर्कालाई दिन्छन्। यहाँ छ अल्पकालको सुख, बाँकी दुःखै दुःख हुन्छ। सत्ययुगमा दुःखको नामै हुँदैन। नामै हो स्वर्ग, सुखधाम। स्वर्गको नाम कति प्रसिद्ध छ। बाबा भन्नुहुन्छ– ठीकै छ गृहस्थ व्यवहारमा बस, तर यस अन्तिम जन्ममा बाबासँग प्रतिज्ञा गर्नु छ– बाबा म हजुरको बच्चा हुँ। यो अन्तिम जन्म अवश्य पवित्र बनेर पवित्र दुनियाँको वर्सा लिन्छु। बाबालाई याद गर्न धेरै सहज छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) देह-अहंकारलाई छोडेर देही-अभिमानी बन। अशरीरी बन्ने अभ्यास गर।
२) ड्रामालाई यथार्थ रीतिले सम्झेर पुरुषार्थ गर्नु छ। ड्रामामा रहेछ भने गरौंला, यस्तो सोचेर पुरुषार्थहीन बन्नु हुँदैन।
वरदान:– कल्याणकारी समयको स्मृति द्वारा आफ्नो भविष्यलाई जान्ने मास्टर त्रिकालदर्शी भव
तिमीसँग कसैले सोध्यो– तपाईहरूको भविष्य कस्तो छ? भन– हामीलाई थाहा छ धेरै राम्रो छ किनकि हामीले जान्दछौं भोलि जे हुन्छ त्यो धेरै राम्रो हुन्छ। जे भयो त्यो पनि राम्रो, जे भइरहेको छ त्यो झन् राम्रो अनि जे हुनेवाला छ त्यो धेरै राम्रो। जो मास्टर त्रिकालदर्शी बच्चा छन्, उनीहरूलाई निश्चय रहन्छ– कल्याणकारी समय हो, हाम्रो बाबा कल्याणकारी हुनुहुन्छ अनि हामी विश्व कल्याणकारी हौं त्यसैले अकल्याण हुनै सक्दैन।
स्लोगन:– समाप्तिको समयलाई समीप ल्याउनको लागि सम्पूर्ण बन्ने पुरुषार्थ गर।
शब्दार्थ:– किशोर अवस्था= १३ देखि २० वर्षको उमेर।

No comments:
Post a Comment